बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

Rhino found dead in Narayani River

Rhino found dead in Narayani River

समाचार
Chitwan, Oct 8 :A rhino has been found dead in the Narayani River. According to Chitwan National Park’s information officer Ashok Ram, the one-horned rhino was found dead at Bhelauji in Nawalpur. The boat patrol team found around 15-year-old rhino dead on Wednesday afternoon. The rhino was found drowned nearby Gajgraha Post of the CNP. Information Officer Ram said that the legs and horn of the rhino was found as it was. Three rhinos have been found dead at CNP in the past one week. As many as eight rhinos have been found dead in the fiscal year. (RSS)
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द

समाचार
असोज २२ कञ्चनपुर ।आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् । यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् । नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट ...
पूर्वबक्सर शर्माको उपचारका लागि आर्थिक सहयोग

पूर्वबक्सर शर्माको उपचारका लागि आर्थिक सहयोग

समाचार
असोज २२ काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।एक महिनादेखि प्यारालाइसिसबाट थलिनुभएका शर्माको उपचारका लागि श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो । केन्द्रीय सदस्य श्रेष्ठले शर्माको मरु गणेशस्थित निवासमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा पछिल्लो समय प्यारालाइसिसबाट पीडित हुनुहुन्छ । विसं २०३३ देखि बक्सिङ खेल्न थाल्नुभएका शर्मा पाँच पटक राष्ट्रिय च्याम्पियन हुनुभएको थियो । शर्माले भारतको मुम्बईमा सम्पन्न एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । केन्द्रीय सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताउनुभयो । विदेशमा रहनुभएका नेपालीहरुबाट समेत सहयोग रकम सङ...
सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

सरकारी कार्यालयमा ‘ट्राफिक नियम’

समाचार
असोज २२ काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिनुभयो । “चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो”, उहाँले भन्नुभयो । ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उहाँको भनाइ थियो । महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ ब...
कोरोनाका कारण यस बर्षको दसैंमा तलेजुमा बलि नचढ्ने

कोरोनाका कारण यस बर्षको दसैंमा तलेजुमा बलि नचढ्ने

समाचार
असोज २२ भक्तपुर। कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजुमा वडा दसैंमा बलि नचढ्ने भएको छ। यसअघि बिस्काजात्रा, चैते दसैं र यसपछिका विभिन्न थापूजामा समेत तलेजुमा बलि चढेको थिएन। दसैंमा सर्वसाधारणको भीड हुने हुँदा कोरोना भाइरस संक्रमण हुन नदिन दसैंमा तलेजुमा बलि रोक्ने निर्णय गरिएको हो। भक्तपुर नगरपालिकामा मंगलबार भएको सरोकारवालाहरुसँगको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार दसैंभर तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ। उनले तलेजुमा सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुने जानकारी दिए।‘तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको कारण यस वर्ष पहिलोपटक दसैंमा तलेजुमा बलि नचढ्ने भयो’, मूल नाइके जोशीले भने, ‘गएको बिस्काजात्राको स्याक्वत्याक्वपछि १२ वटा थापूजामा समेत तलेजुभित्र बलि चढेन।’ उनले दसैंमा तलेज...
पनौतीमा सुरक्षण मुद्रण छापाखानाको काम तीव्र

पनौतीमा सुरक्षण मुद्रण छापाखानाको काम तीव्र

समाचार
असोज २२ काभ्रेपलाञ्चोक । सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण छापाखाना)को काम तीव्र गतिमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुवात गरिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए । उनका अनुसार प्रेसको सम्पूर्ण काम ३३ अर्बमा सम्पन्न हुनेछ । “प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत वार्षिक रुपमा बाहिरिने १० अर्ब बच्दै जानेछ”, पौ...
अब धमाधम परीक्षा सञ्चालन हुने

अब धमाधम परीक्षा सञ्चालन हुने

समाचार
असोज २२ काठमाडौं । विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो ।शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विश्वविद्यालय, विद्यालय तथा आयोगको समेत स्थगित परीक्षा सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै अब शैक्षिक संस्था तथा सम्बद्ध निकायले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिन पाउनेभएका हुन् । यसअघि सरकारले भौतिक उपस्थितिमा सञ्चालन गर्नेगरी परीक्षाका लागि बाटो खुला गरेको थिएन । मन्त्रालयले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको ...
ललितपुरका महानगरपालिकाका मेयरले कोरोनालाई जिते

ललितपुरका महानगरपालिकाका मेयरले कोरोनालाई जिते

समाचार
असोज २२ काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन।यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहनुभएका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना हुनुभएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिए। उनले भने, “ आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो।अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ।” मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए। केही वडाध्यक्ष सङ्क्रमित महानगरपालिका वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, १२ का वडाध्यक्ष नारायणलाल अवाले र नं १९ का वडाध्...
डा.केसीको जीवन रक्षाका लागि सरकार अब गम्भीर देखिनु पर्छ:डा.डिआर उपाध्याय

डा.केसीको जीवन रक्षाका लागि सरकार अब गम्भीर देखिनु पर्छ:डा.डिआर उपाध्याय

राजनीति, समाचार
जुम्लाबाट सुरु भएको प्राडा गोविन्द केसीको १९औं सत्याग्रह आज २५ दिन पुगेको छ । मेडिकल शिक्षाको सुधारलाई लिएर पटक पटक अनशन बस्दै आएका केसीको मागतर्फ हरेकपटक राज्यले बेवास्ता गर्दै आएको छ । यतिवेला डा गोविन्द केसी सत्याग्रहमा छन् । उनी स्वास्थ्य सेवा सुधारको विषयलाई लिएर सत्याग्रहमा बसेका हुन । यो उनको १९औँ सत्याग्रह हो । डा केसी २५ दिनदेखि सत्याग्रहमा छन् र उनको स्वास्थ्य झन्–झन् बिग्रिँदो छ । तर, सरकार भने उनको माग सम्बोधन गर्न अझै तयार छैन । सरकार उनको जीवन रक्षाका लागि गम्भीर देखिनु पर्ने बेला भएको छ । अव सरकारले उनको मागको बिषयमा चासो देखाउनु पर्छ । समय घर्किएर देखाएको चासोको कुनै अर्थ रहने छैन । समय छदै यो बिषयलाई चासो दिएर उनका जायज माग सम्वोधन गनुृ पर्छ । प्रधानमन्त्रीले नै केसीको जीवनरक्षाका लागि पहल गर्नु पर्छ ।सत्तारुढ दल र विपक्षी दुवै इमानदार भएर उनको जीवनरक्षाका लागि पहल गर्नु ...
कीर्तिमानी गीतकार डा. डीआरको ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआरको ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी…’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो । उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ । सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । https://youtu.be/DEAQkhzRfBY फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका ...