शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

पूर्वबक्सर शर्माको उपचारका लागि आर्थिक सहयोग

असोज २२ काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।एक महिनादेखि प्यारालाइसिसबाट थलिनुभएका शर्माको उपचारका लागि श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो । केन्द्रीय सदस्य श्रेष्ठले शर्माको मरु गणेशस्थित निवासमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा पछिल्लो समय प्यारालाइसिसबाट पीडित हुनुहुन्छ ।

विसं २०३३ देखि बक्सिङ खेल्न थाल्नुभएका शर्मा पाँच पटक राष्ट्रिय च्याम्पियन हुनुभएको थियो । शर्माले भारतको मुम्बईमा सम्पन्न एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।

केन्द्रीय सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताउनुभयो । विदेशमा रहनुभएका नेपालीहरुबाट समेत सहयोग रकम सङ्कलन भइरहेको उहाँले बताउनुभयो । श्रेष्ठले केही समय अघि निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी बक्सिङ खेलाडी, प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा समेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *