सार्कका शिक्षामन्त्रीको भर्चुअल बैठक सम्पन्न
असोज २२ काठमाडौं । कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावबारे सार्कका सदस्य राष्ट्रहरूमा भएका अभ्यास र अनुभव आदन-प्रदान गर्ने उद्धेश्यले आयोजित भर्चुअल बैठक बिहिबार सम्पन्न भएको छ।
नेपाल सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको उक्त बैठकमा सार्कका सबै सदस्य राष्ट्रहरू सहभागिता थिए।
बैठकमा सदस्य राष्ट्रहरूले आ-आफ्नो देशमा कोभिड-१९ को संक्रमणले सृजना गरेको शैक्षिक समस्या तथा चुनौतिहरूको बारेमा उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न गरिएका प्रयासहरू आदानप्रदान गरेका थिए
सदस्य राष्ट्रहरूमा भएका राम्रा अभ्यासहरू र आपसी सहकार्यका विषयमा आ-आफ्ना अनुभवहरूको आदान-प्रदान समेत गरिएको थियो।
बैठकमा छलफल भएका विषयवस्तुहरूमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनस् सञ्चालन, शैक्षिक सत्रको कार्यान्वयन...








