असोज २२ काठमाडौं । कोरोना भाइरस(कोभिड १९) नयाँ खालको भाइरस भएका कारण यसका बारेमा विभिन्न अध्ययनहरु जारी रहेका छन् ।पछिल्लो समय यसबारेमा नयाँ नयाँ अध्ययन अनुसन्धानहरु भइरहेका छन् ।
यसैबीच जापानमा गरिएर्को एक अध्ययन अनुसन्धानका अनुसार कोरोना भाइरस मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समयसम्म बाँचिरहन सक्ने तथ्य पत्ता लागेको छ ।अनुसन्धानकर्ताका अनुसार कोरोना मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने पाइएको हो।
वैज्ञानिकका अनुसार फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीविति रहन सक्छ।तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन्। यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ।
क्लिनिकल इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अरू भाइरसका तुलनामा कोरोना सम्पर्कका माध्यमबाट छिटो सर्न सक्ने देखिएको लाइभसाइन्समा उल्लेख छ।
