आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौंमा ४३ वर्षीय एक पुरुष ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

असोज २२ काठमाडौं । सात वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक जना पुरुष पक्राउ परेका छन् ।दाङ घोराही नगरपालिका ४ घर भइ हाल महादेवस्थान बस्ने ४३ वर्षीय पुरुष ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो।

बालिकाको उद्दारपछि स्थानीयले ति पुरुषलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरका अनुसार ति बालिका सोही स्थानीकी हुन् ।पक्राउ परेका ति पुरुषले बलात्कार प्रयास गरेको र बालिकाको परीक्षणका लागि मेडिकल पठाइएको छ ।

’बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन। ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ,’एसपी राठौरले भने,’बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ।’प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *