बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

चेन्नईको मुम्बईलाई ११४ रनको लक्ष्य

चेन्नईको मुम्बईलाई ११४ रनको लक्ष्य

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ । टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रनको लक्ष्य रहेको छ । चेन्नईका यो खेल हारेमा प्लेअफबाट आउट हुनेछ । मुम्बई भने खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मनशायमा छ । चेन्नईले भने प्लेअफमा कायमै रहनका लागि अबका सबै ४ म्याच जित्नै पर्ने हुन्छ । ...
शाकाहारी अर्थात् भेजिटिरियनले दशैँमा के खाने त ?

शाकाहारी अर्थात् भेजिटिरियनले दशैँमा के खाने त ?

समाचार, स्वास्थ्य
बडादशैँ अर्थात् सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । परदेश गएकाहरु कुटुरो च्यापेर मातृभूमि फर्किजाऔँ भन्ने भाव ल्याउने चाड । त्यसैले नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घर घरमा दशैँ आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगीचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिँदै गरेका अधबैँसे ।हो, साँच्चै दशैँ खास छ । नेपालीहरुको महान् चाड दशैं भन्नेबित्तिकै माछामासुको सेवन सागै जोडिन्छ । वर्षभरी मासु ...
कार्तिक ८ गते शनिवारको राशिफल

कार्तिक ८ गते शनिवारको राशिफल

राशिफल, समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । अग्रज,आफन्त तथा दिद...
बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

समाचार, समाज
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर...
गायिका सराना श्रेष्ठको’एक तर्फी माया'(भिडियो)

गायिका सराना श्रेष्ठको’एक तर्फी माया'(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ । https://www.youtube.com/watch?v=kV...
दशैंमा मासु खाँदा सावधानी अपनाएर खानुपर्छ

दशैंमा मासु खाँदा सावधानी अपनाएर खानुपर्छ

समाचार, स्वास्थ्य
नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।   दशैमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियतहुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।  एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहीपौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वातारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दसैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मा...
यस बर्षको दशैको रौनक छैन:डा. डीआर उपाध्याय

यस बर्षको दशैको रौनक छैन:डा. डीआर उपाध्याय

समाचार, समाज
अघिल्लो बर्ष जस्तो यस बर्षको दशैको रौनक त्यति छैन । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण यस बर्षको दशै खल्लो बनेको छ । कोरोना भाइरसको कारण यति बेला मुलुकको सम्पूर्ण माहोल दशैमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम बढिरहेको छ । बजारमा त्यति चहलपहल छैन । यो वर्षको दसैं हर्सोल्लासमय छैन । अहिलेको मुख्य बिषय भनेको स्वास्थ्य सावधानी अपनाउने र संक्रमणबाट जोगिने नै हो । बाँचे अर्को बर्ष उत्सवमय दशै मनाउँला । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ । आज सातौं दिन अर्थात् फूलपातीको दिन हो । दशै १५ दिनसम्म मनाइने चलन छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा दसैंको पन्ध्रौं दिन अर्थात् पूर्णिमासम्म टिका लगाउने चलन र परम्परा छ ।...
नेपालमा क्लिन फिड माग भएको ११ वर्षपछि लागू

नेपालमा क्लिन फिड माग भएको ११ वर्षपछि लागू

आर्थिक, समाचार
नेपालमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग भएको ११ वर्षपछि लागू भएको  छ । २०६६ सालमा नेपाल विज्ञापन संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले संयुक्त रुपमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग गरेको थियो । नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यहि कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गर्दै नेपालमा क्लिन फिड लागू भएको आधिकारी जानरकारी गराएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विहीबार विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ । ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्त...
बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमा कोरोना संक्रमण पुष्टि

बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमा कोरोना संक्रमण पुष्टि

समाचार, समाज
बिहीबार कोरोना संक्रमण पुष्टि भएको बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले मुख्यमन्त्री पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य भएपनि केही समय अगाडि मुटुको अपरेशन गरेका कारण केही समस्या हुन्छ कि भनेर काठामडौं ल्याइएको बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ सापकोटाले डिसी नेपालसँग भने, ‘केही समय अगाडि मुटुको पनि अपरेशन गरिएको थियो। सुगर र उच्च रक्तचाप पनि भएकाले होसियारी अपनाइएको हो।’ मुख्यमन्त्री पौडेल, उनका सुरक्षाकर्मी र चालक र भान्सामा काम गर्ने कर्मचारीलाई बिहीबार कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए। ...
कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले उपचार गरिदिने, प्रधानमन्त्री ओली

कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले उपचार गरिदिने, प्रधानमन्त्री ओली

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले उपचार गरिदिने बताएका छन्।  शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओ‌लीले कोरोनाबारे विभिन्न अफवाहहरू फैलिए पनि ती सत्य नभएको बताए।  ‘महामारीमा नागरिकको रक्षा गर्नु सरकारको नि:सर्त दायित्व हो। तपाईंहरू मतबाट निर्वाचित सरकार त्यो दायित्वबाट विमुख हुन सक्दैन/भएको छैन,’ प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरू निश्चिन्त हुनुस् कोरोना संक्रमितको परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्छ।’ केही दिनअघि सरकारले  स्वास्थ्यकर्मी, सफाइकर्मी र गरिब नागरिकको मात्र उपचार सरकारले गर्ने बताएको थियो। सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो।  प्रधानमन्त्री ओलीले त्यस्तो विरोधलाई अफवाह र हल्ला बताएका छन्। सरकारले हुने र नहुने सबैको स्वास्थ्य सेवामा समान पहुँच बनाउन त्यस्तो आ...