बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौंको दशैं घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ

काठमाडौंको दशैं घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ

समाचार, समाज
शुक्रबार नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिषेक गरिएको थियो । नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार...
यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टिकाको कार्यक्रम नहुने

यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टिकाको कार्यक्रम नहुने

समाचार, समाज
यस वर्ष प्रधानमन्त्री निवासमा सार्वजनिक रुपमा दशैंको टिकाको कार्यक्रम नहुने भएको छ । गत वर्षहरुमा बालुवाटारमा प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र टिका ग्रहणका लागि आउने सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए । तर कोरोना भाइर संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफूले यस वर्ष बालुवाटारमा टिकाको कार्यक्रम नराख्न निर्देशन दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । दशैंको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित रुपमा घरमा दशैं मनाउन आग्रह गरेका छन् । ...
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका  ४४९९ जना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ४४९९ जना सङ्क्रमित थपिए

समाचार, स्वास्थ्य
पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरसका चार हजार ४९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार ८६४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ४९९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५३ हजार आठ पुगेको छ । हाल ४६ ह्जार ६९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ६८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख पाँच हजार ४८८ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुन...
टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित

टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ । समूह जे अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले एलएएसकेलाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले दुई गोल आफै गर्न सक्यो भने एक गोल उपहारमा पाएको हो । टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे । ८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३-० ले विजयी भएको हो । ...
हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरयो

हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरयो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको आइपिएल–१३ को ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरको छ। जितका लागि प्राप्त १५५ रनका लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टा गर । हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्...
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारहरुको मनोबललाई उच्च पार्न प्रहरी अध्ययन प्रतिवेदन तयार

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारहरुको मनोबललाई उच्च पार्न प्रहरी अध्ययन प्रतिवेदन तयार

समाचार, समाज
 नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको खस्कँदो मनोबललाई उच्च पार्न प्रहरी प्रधानकार्यालय एक अध्ययन प्रतिवेदन तयार गरेको छ। वर्तमान अवस्थामा नेपाल प्रहरीमा देखिएको वितृष्णको कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन गरिएको हो। सो प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सार्वजनिक गरे। सो अवसरमा आईजीपी थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताएका थिए। आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै आईजीपी थापाले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। यस स...
विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत्

विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत्

खेलकुद, समाचार
विश्व फुटबल महासंघ ९फिफा० को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् । रासस ...
आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना

आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना

समाचार, समाज
आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ । घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ । आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ । काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ । गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ । ...
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । यस्तै मोरङका ६७० जना, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झाप...
काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग

काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग

राजनीति, समाचार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिए। उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरे । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ । उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्त...