बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

२४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जनाको मृत्यु

२४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जनाको मृत्यु

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ । ...
“प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानु पर्छ ।”नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

“प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानु पर्छ ।”नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

राजनीति, समाचार
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै पनि सरोकार नभएको बताएका छन् । केही दिन अघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटघाटलाई लिएर टिकाटिप्पणी भइरहेका बेला नेता सिटौलाले त्यस्तो बताएका हुन् । ओली र देउवाबीचको भेटघाटमा सत्ता साझेदार भएर जाने भन्ने सम्मका हल्ला बाहिरिएका थिए । बुधवार सामाजिक सञ्जालमा लेख्दै नेता सिटौलाले नेकपा र सरकारको आन्तरिक कहलमा कांग्रेसको कुनै सरोकार नरहेको स्पष्ट पारेका हुन् । साथै आन्तरिक विवादका कारण फुटको अवस्थामा पुगेको नेकपा फुट्ने सत्ता साझेदार हुँदै कांग्रेस सरकारमा जाने भन्ने कुराको भ्रममा पर्न नहुने समेत बताएका छन् । “नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन । नेकप...
आज पनि सुनको मूल्य घट्यो

आज पनि सुनको मूल्य घट्यो

आर्थिक, समाचार
मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । आज (बुधबार) तोलामा एक हजार रुपैयाँले सुनको मुल्य घटेसँगै ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि सुनको मूल्य घटेको महासंघले जनाएको छ । ...
दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)

दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गर्नुभएको हो । https://youtu.be/ANBQ7fVCR6k शिखर सन्तोषको सङ्गीत रहेको गीतमा सन्जित देउजाको शब्द छ । गीतको भिडियो पनि गायिका दिप्ता नै देखिनुभएको छ । जसको कोरियोग्राफी उहाँकै आमा सुनिता गौतमले गर्नुभएको छ । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको छ । गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत सङ्गीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफूमा रहेको गायिका दिप्ताले बताउनुभयो । ...
किन आउँदै छन् चिनियाँ दूत ?

किन आउँदै छन् चिनियाँ दूत ?

समाचार
भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्। गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचार...
ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

समाचार
राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गर्नुभयो । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो । अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख आठ हजार ४५६ रकम हस्तान्तरण गरिएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्ता...
काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

समाचार
नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।राजधानी दैनिकमा खबर छ । ‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ । ७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ । सेनाले लामो समयस...
कोरोना खोप खरिद गर्न ५० अर्बको कोष

कोरोना खोप खरिद गर्न ५० अर्बको कोष

समाचार
नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्रयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले दिए । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा...
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

समाचार
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक-पटक पसिना आएको जनाएको हो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् । प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ । पूजापाठको प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ । शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् । भीम...
नेपालमा कोरोना खोप खरिद गर्न ६० अर्ब लाग्ने, रकम व्यवस्थापनमा चुनौति

नेपालमा कोरोना खोप खरिद गर्न ६० अर्ब लाग्ने, रकम व्यवस्थापनमा चुनौति

समाचार
सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउँदै उनले भने, ‘ठूलो संख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो । कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेक...