बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गर्नुभएको हो ।

शिखर सन्तोषको सङ्गीत रहेको गीतमा सन्जित देउजाको शब्द छ । गीतको भिडियो पनि गायिका दिप्ता नै देखिनुभएको छ । जसको कोरियोग्राफी उहाँकै आमा सुनिता गौतमले गर्नुभएको छ । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको छ ।

गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत सङ्गीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफूमा रहेको गायिका दिप्ताले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here