नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै पनि सरोकार नभएको बताएका छन् ।

केही दिन अघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटघाटलाई लिएर टिकाटिप्पणी भइरहेका बेला नेता सिटौलाले त्यस्तो बताएका हुन् ।

ओली र देउवाबीचको भेटघाटमा सत्ता साझेदार भएर जाने भन्ने सम्मका हल्ला बाहिरिएका थिए ।

बुधवार सामाजिक सञ्जालमा लेख्दै नेता सिटौलाले नेकपा र सरकारको आन्तरिक कहलमा कांग्रेसको कुनै सरोकार नरहेको स्पष्ट पारेका हुन् ।

साथै आन्तरिक विवादका कारण फुटको अवस्थामा पुगेको नेकपा फुट्ने सत्ता साझेदार हुँदै कांग्रेस सरकारमा जाने भन्ने कुराको भ्रममा पर्न नहुने समेत बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन । नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामि पर्न हुन्न ।” उनले भने ।

साथै संसदको प्रमुख प्रतिपक्षीको हैसियतले कांग्रेसले सरकारविरुद्ध नकारात्मक कदमबारे आवाज उठाउने र जनताको आजाव उठाउन सडकमा जाने बताएका छन् ।

उनले भने, “प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानु पर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here