बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
आइतबार नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय पीसीआर परीक्षण गर्दा ४२१ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । पछिल्लो २४ घण्टामा ६३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७८ पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूह (नेकपा)को आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठायो

निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूह (नेकपा)को आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठायो

राजनीति, समाचार
प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पठाएको पत्रको आयोगले दुवै समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद उल्लेख नगरिएको पनि उनले जानकारी दिए।उनले भने, ‘उहाँहरुको आधिकारिकता विवाद टुंगो लगाउन दुवै पक्षलाई चिठी पठाएका छौं।’ आयोगले प्रचण्ड समूहलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ। र, प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिनभित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भने...
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ। ​ रियलको जितका लागि लुकास भाञ्क्वेजले खेलको सुरुवाती ६ मिनेटमै पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता रिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो। दोस्रो हाफको ५३ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियलको २–० को जित निश्चित गरेका हुन्। पराजित भएको सेल्टा १७ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ । ...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि शुरु भइ पुस १० मा स्थगित गरिएको केन्द्रीय समिति बैठक आज आइतवार फेरि बस्न लागेको हो । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति शेरबहादुर देउवा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुको आशंका छ। सभापति देउवाले औपचारिकताका लागि मात्र पुस १३ गते विरोध प्रदर्शन गरेको उनीहरुको बुझाई छ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्ने विषयमा विभाजित कांग्रेसमा पौडेल पक्षले सडक संघर्षमा जानुपर्ने बताइरहँदा देउवा भने अदालतको निर्णय पर्खनुपर्ने बहाना बनाउँदै आइरहेका छन् । आजको बैठकमा पनि पौडेल पक्ष सडक संघर्षमा जान सभापति देउवालाई दबाब दिने बुझिएको छ । ...
२०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढी

२०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढी

अन्तराष्ट्रिय, समाचार
सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ। डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु ७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका थिए जुन सन् २०१९ को २५७ भन्दा बढी हो। गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार २४ ले जनाएको छ। टु ७० का अनुसार मृत्यु हुनेको सङ्ख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन्। सो सङ्ख्यामा इरानको सशस्त्र शक्तिले खसालेको युक्रेनको जहाजमा भएको मृत्यु पनि समावेश छ। सो दुर्घटनामा १७६ जना मारिएका थिए र इरानले ती प्रत्येकको परिवारलाई १५०,००० डलर क्षतिपूर्ति दिने बताएको छ। अर्को ठूलो दुर्घटना पाकिस्तान वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो। सो दुर्घटनाको कारण मानवीय त्रुटि रहेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ।...
पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरका कृषक मर्कामा

पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरका कृषक मर्कामा

आर्थिक, समाचार
 पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक परिवार मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो ।हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । “पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भने, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँ...
घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ की हुँदैन भन्र्ने बिषयमा भने शंका छ । सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दा परेका छन्। यी मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरी सुनुवाइ पनि गरिरहेको छ। घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ? यी दुई विषयमा राजनीतिक दलहरू विभाजित छन्। संसद् विघटनको विरोधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी तथा सत्तारुढ दलको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरिरहेका छन्। निर्वाचन प्रजातान्त्रिक अभ्यास हो । यो बाट पछि हट्नु हुँदैन । कोरोना भाइरसको संक्रमणका कारण देशको आर्थीक अवस्था कमजोर भएको बेला मध्यावधि निर्वाचन कत्तिको सम्भव होला भन्ने बिषयमा राजनीतिक दलहरु गम्भिर हुुन जरुरी छ । निर्वाचनको बिषयलाई लिएर अहिले राजनीति बृतमा विचार विमर्श भइरहेका छन्। अमेरिकामा केही समयअघि चुनाव स...
अष्ट्रेलियामा जारी बिग बास लिगमा  सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन  । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् । चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए  । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्य...
नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ संक्रमित निको भएका छन् । नेपालमा हाल ५ हजार ७११ जना आइशोलेशनमा छन्भने क्वारेन्टाइनमा ३६७ जना छन् । हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् । गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए । जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त...