शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि

 नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ संक्रमित निको भएका छन् ।

नेपालमा हाल ५ हजार ७११ जना आइशोलेशनमा छन्भने क्वारेन्टाइनमा ३६७ जना छन् । हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *