शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत पुस ७ गतेदेखि शुरु भइ पुस १० मा स्थगित गरिएको केन्द्रीय समिति बैठक आज आइतवार फेरि बस्न लागेको हो ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति शेरबहादुर देउवा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुको आशंका छ। सभापति देउवाले औपचारिकताका लागि मात्र पुस १३ गते विरोध प्रदर्शन गरेको उनीहरुको बुझाई छ ।

प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्ने विषयमा विभाजित कांग्रेसमा पौडेल पक्षले सडक संघर्षमा जानुपर्ने बताइरहँदा देउवा भने अदालतको निर्णय पर्खनुपर्ने बहाना बनाउँदै आइरहेका छन् । आजको बैठकमा पनि पौडेल पक्ष सडक संघर्षमा जान सभापति देउवालाई दबाब दिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *