मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखरका  बिरूवा वितरण गर्ने

कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखरका बिरूवा वितरण गर्ने

आर्थिक, समाचार
कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको फलफूल विकास प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका बिरूवा उपलब्ध गराइने भएको छ ।सोका लागि किसानले १५ प्रतिशत रकम अग्रिम जम्मा गरिसकेका छन् । कर्णाली प्रदेश सरकारले प्रतिबोट ५०९ मूल्य तय गरेको छ । यसमा कम्तीमा पनि ५० बोट रोप्नुपर्ने प्रावधान रहेको कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए । कृषि विकास निर्देशनालय सुर्खेतले जारी गरेको सूचना अनुसार हुम्लाबाट विकसित जातको च्याँदुलर ओखर आयातका लागि बैंकमा रकम जम्मा भइसकेको छ । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले प्रदेशका दश जिल्लाका लागि एक लाख विकसित जातको ओखर सहुलियत दरमा किसानलाई वितरण गर्ने भएको छ । फागुन मसान्तसम्म ती बिरूवा हुम्लामा उपलब्ध हुने छन् ...
निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह

राजनीति, समाचार
 निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह गरेको छ । आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएसँगै दुवै दललाई पुनः एकिकरण भएमा १५ दिनभित्र निवेदनसहित उपस्थित हुन आग्रह गरेको हो । सर्वोच्च अदालतले खारेज सर्वोच्च अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए दुवै दललाई १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिन्हसहित निर्वाचन आयोगमा आउनका लागि बोलाएको हो । मंगलवार आयोगले पत्र पठाउँदै भनेको छ, ‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले...
ख्याती प्राप्त महिलाहरुलाई काठमाडौ लेडि जेसिसको नारी सम्मान

ख्याती प्राप्त महिलाहरुलाई काठमाडौ लेडि जेसिसको नारी सम्मान

समाचार, समाज
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका उपमयेर हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्याप्टेन लुना प्रधान, पहिलो महिला बाईक राईडर रिता कमल श्रेष्ठ, संचारकर्मी बिनु सुवेदी, गायिका कुन्ति मोक्तान,रेटिना विशेषज्ञ डा.छुनु श्रेष्ठ तथा समाजसेवी प्रभा राजभण्डारीलाई नारी सम्मान गरिएको थियो । समाजमा उल्लेख्य योगदान दिएका वरिष्ठ महिला व्यक्तित्वहरुलाई सम्मानित गर्ने उक्त कार्यक्रमलाई सुनिता राजभण्डारीले कार्यक्रमको स्वागत सुनिता राजभण्डारीले गरेकी थिईन । कार्यक्रममा नगिना नकर्मीले जेसिस आस्था पाठ गरि कार्यक्रमको शुभारम्भ गरेकी थिईन । एसजी नेपाल जेसिसका गेष्ट अफ अनर बिकास मानन्धर, ईभिपि नेपाल जेसिसका सुमन कुमार श्रेष्ठ, जेसिआईका भाईस प्रेसिडेन्ट जेसीआई सिनेटर किर्ति तुलाधर लगायतक...
महिला दिवस र अधिकारका कुरा

महिला दिवस र अधिकारका कुरा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, महिला दिवस र अधिकारका कुरा महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसै गरी महिला अधिकारका लागी पनि सवै जुटेर अघि बढनु पर्छ । नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले...
नेहा तथा विनिभ भए यस वर्षको  ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

नेहा तथा विनिभ भए यस वर्षको ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

मनोरन्जन, समाचार
एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्च्यूल तथा फेसबुक च्याईसको टाईटल समेत जितेकी थिईन भने फस्ट रनर अप तथा मिस फोटोजेनीक सदिक्षा श्रेष्ठले हात पारिन त्यसै गरि सेकेण्ड रनर अपमा सबि श्रेष्ठले बेष्ट र्याम्प वाक, आयुषा दाहाल, थर्ड रनर अप तथा बेष्ट स्पिचको टाईटल हात पार्न सफल भईन । प्रतियोगितामा हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन तथा मोष्ट स्टाईलिस, सम्झना घले भ्युवर च्याईस तथा मिस कन्जुलारिटि,ईरिका श्रेष्ठ बेष्ट पर्सानिलिटी, आवृत्ति बैध मोष्ट चार्मिङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रेण्डली, तथा काशिस कोईराला मोष्ट ...
महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

आर्थिक, समाचार
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् । स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा चर्चित रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । चर्चित गीत उकालीमा पनि हजुर मोटर जादो रैछ का गायक बिनोद ढकाल स्टेज शोका चल्तिका गायक समेत हुन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे झै जिन्दगी रैनछ कि गायिका हुन भने नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन । साथै क...
उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

आर्थिक, समाचार
काठमाडौं, २४ फाल्गुण- महिला चेम्बर ट्रेड फेयर २०२१ आजबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन । उपराष्ट्रपति पुनले महिला चेम्बर ट्रेड फेयर २०२१ साथै अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोहको समेत उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति पुनले काठमाडौंको होटल ¥याडिसनमा सोमबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । “संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, उपराष्ट्रपति पुनले भने , “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको ...
काठमाडौंको नक्सालमा आगलागी

काठमाडौंको नक्सालमा आगलागी

समाचार
काठमाडौंको नक्सालमा भिषण आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
आज ८ मार्च , १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस

आज ८ मार्च , १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस

समाचार, समाज
 आज ८ मार्च । १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस । महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष फागनु २४ गते तथा ८ मार्चको दिन यो दिवस संसारभर मनाइन्छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । महिला अधिकारको लागि आन्दोलनको प्रेरणाको स्रोत मानिने याे दिवस नेपालमा पनि छुट्टा छुट्टै संघ,संस्था,महिला संगठनहरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन् । नेपालको सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवस पछिल्लो समय औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदानमा मात्रै सिमित हुने गरेको छ । समयानुकल महिला सशक्तिकरण, महिला अधिकार लगायतका विषयमा दबाव, पहल तथा ठोस कार्यक्रमहरु तय गर्दै जानेतर्फ महिलासम्बन्धी राजनीतिक तथा सामाजिक संघ संगठनको ध्यान जान ...
‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौ, फाल्गुण- शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको हो। अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । नेपालका चर्चित कलाकारहरु गायक बिनोद ढकाल, कमेडियन गोपाल ढकाल ‘छन्दे’, दिनेश गौतम लगायतको प्रस्तुतिसहित अ...