मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’(भिडियो)

सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’(भिडियो)

मनोरन्जन, समाचार
प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CggmDpoEykM ‘दिलमा सर्किट बनेर आइदेउनचंचले मनको हर्टबीट बडाइदेउन’ गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ । रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स...
२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन्  । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ। ...
अञ्जु पन्तको स्वरमा ‘बैगुनी’ सार्वजनिक(भिडियो)

अञ्जु पन्तको स्वरमा ‘बैगुनी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
अञ्जु पन्तको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । सभैलोको शब्द, लालकुमार बरालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ । https://youtu.be/kx4EVRgPoEY जितु तामाङको छायाँकन रहेको भिडियोमा विकास दुलालको सम्पादन छ । चलचित्रमा अभिनयबाट दर्शकको माया बटुल्न सफल रामबाबु पछिल्लो समय बाक्लै म्युजिक भिडियोमा देखिने गर्नुभएको छ । हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ आएको छ सबैले मन पराइदिनुहुने छ भन्नेमा आशावादी रहेको उहाँले बताउनुभयो । ...
समाजवाद र साम्यवादका कुरा

समाजवाद र साम्यवादका कुरा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अहिले हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । यो व्यवस्था आइसके पछि देशको बिकास र समृद्धिमा जाने लक्ष्य सरकारले सूरु देखि नै लिएको छ । तर कार्यान्वयनको कुरा भने हुन सकेको छैन । बिकास र समृद्धिमा जान समय लाग्ने होला । देश समाजवाद हुदै साम्यवाद सम्म पुग्ने जुन कुरा गरिएको छ त्यो यो तरिकाले पुग्न सकिदैन । आज कम्युनिष्टहरु जसरी साम्यवादीका कुरा गर्छन , ती सवै झुटका कुरा मात्र हुन । देश काल परिस्थिती अझै त्यस्तो बनिसकेको छैन । कम्युनिष्टहरुले चर्को कुरा गरेर मात्र देशमा साम्यवाद आउन सक्दैन । साम्यवाद ल्याउन सवै भन्दा पहिला कम्युनिष्टका नेताहरुले आफनो ब्यक्तिगत स्वार्थ त्याग्नु पर्छ । नेताहरुले ब्यक्तिगत स्वार्थ नत्यागे सम्म कसरी देशमा समाजवाद हुदै साम्यवाद आउछ ? झुटको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । जनताको पसिनामा पालिएकाहरुले नै जनताको ...
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को  शानदार जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ । एजेन्सी ...
कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने:कांग्रेस नेता डा. कोइराला

राजनीति, समाचार
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बर्तमान संसद अनिर्णयको बन्दी बनेको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको पनि दावी गरे ।‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउनकै लागि संसद पुनर्स्थापना भन्यौं। तर अहिले पुनर्स्थापित संसदले बिजनेश दिन सकेन। सभामुखको भूमिका पनि शंकास्पद रहन गयो’, डा कोइरालाले भने। कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए। गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे र जीवन परियारले कांग्रेसको अहिल...
साधना अवार्डमा बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

साधना अवार्डमा बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

मनोरन्जन, समाचार
बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको हो । सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक विशोष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने छ । अवार्डमा उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई केहीसमय अगाडि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाहले बताउनुभयो । ...
सुनचाँदीको पसल गर्ने एक युवकको  गोली हानी हत्या

सुनचाँदीको पसल गर्ने एक युवकको गोली हानी हत्या

अपराध, समाचार
लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ । मध्यराति सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ । उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकिन हुन्छ । हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ । घाइते उनको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए । हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भ...
आज चैत २९ गते आईतबारको  राशिफल

आज चैत २९ गते आईतबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफ...
किशन अर्यालको निर्देशनमा‘आफू हाँस्यौ’ सार्वजनिक(भिडियो)

किशन अर्यालको निर्देशनमा‘आफू हाँस्यौ’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
किशन अर्यालको निर्देशन रहेको गीत ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । झुमा निरौलाको स्वर, घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज र मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/e77zR81puMc किशनको नै सम्पादन रहेको गीतको भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ । सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायाँकन रहेको छ । आफूले अत्यधिक माया गरेको मान्छेले आफ्नो भरोसा तोडेको विषयलाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । ...