एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा
एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनु भयो ।
सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नु भयो ।
उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम...









