आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

सर्लाहीका साह बने देशकैं कान्छा महाधिवेशन प्रतिनिधि

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ चितवनमा जारी छ । एमालेको देशभर रहेका साढे ८ लाखभन्दा बढी संगठित सदस्यहरुमध्ये चुनिएका करिब २४ सय महाधिवेशन प्रतिनिधिले यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछन । एमाले महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ । जसमा सर्लाहीका चन्द्र भुषण साह नेपालकै कान्छा प्रतिनिधि बन्न सफल भएका छन् । विगतमा विद्यार्थी राजनीति गरेका युवा नेता साह जम्मा २८ वर्षका भएका छन् । सर्लाहीका ईश्वरपुर नगरपालिका निवासी साह युवाहरुमाझ चर्चित नेता हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्र र राजनीतिशास्त्र दुईटै संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी कानुनशास्त्रका विद्यार्थी समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *