सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक

मनोरन्जन, समाचार
र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको छ । सुनम घले र रुथलेस को र्‍याप गीत ‘आमा’को टिजर सार्वजनिक भएको हो । रुथलेस कै बिट, मिक्सङ तथा माष्टरिङ रहेको ‘आमा’मा रुथ अनि रेबोजिको स्वर छ । रेबोजि घले युट्युमार्फत सार्वजनिक भएको टिजरमा आमा र छोराको मायालाई दर्शाउन खोजिएको छ । https://www.youtube.com/watch?v=u4g5XBpIGwc&t=7s नेपाली र्‍याप गीतका लोकप्रिय म्युजिक प्रोड्युसर रुथलेस जसले भिटेन, ग्रीष खतिवडा, मिष्टर डीसँग काम गरिसक्नु भएको छ । यस्तै रेबोजिका पनि ‘कहानी’, ‘हिरो’, ‘सान’लगायत र्‍याप गीत युवामाझ लोकप्रिय छन् । यो ‘आमा’ गीतमा पहिलोपटक रेबोजि र रुथले सहकार्य गर्नुभएको हो । गीतको भिडियो यही वैशाख २९ गते रेबोजि घले युट्युबमार्फत सार्वजनिक गरिने बताइएको छ । गीतको भिडियोमा मञ्जु श्रेष्ठ, युगज्योति क्रियाशील, रुथलेस, सुनम घले, दर्शिल पन्त, विजय खत्रीको अभिनय छ । ...
चलचित्र चिट्ठीको छायांकन सकियो

चलचित्र चिट्ठीको छायांकन सकियो

मनोरन्जन, समाचार
काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजार...
ईश्वरपुर नगर प्रमुखमा विकासप्रेमी लोकप्रिय नेता मनोज देवकोटा उत्कृष्ट मध्येका अझ उत्कृष्ट उम्मेदवार

ईश्वरपुर नगर प्रमुखमा विकासप्रेमी लोकप्रिय नेता मनोज देवकोटा उत्कृष्ट मध्येका अझ उत्कृष्ट उम्मेदवार

राजनीति, समाचार
सर्लाही – नेकपा एमालेका जनप्रिय नेता मनोज देवकोटाले गत बैशाख १२ गते उम्मेद्वार दर्ता गराएका छन । झण्डै पाँच वर्ष मेयर रहेर सफल कार्यकाल विताएका देवकोटाको उम्मेद्वारीले इश्वरपुरबासीमा हर्सोल्लास छाएको छ । निकै राम्रो र प्रसंसनिय काम गरेर बालक युवा देखि वृद्ध वुद्धा सवै नागरिकको ह्दयमा बास गरेका उनले पुनः इश्वरपुर नगरको नेतृत्व लिइ पुराना राम्रा कामलाई निरन्तरता दिई इश्वरपुरको विकास निर्माणलाई तिव्रता दिएर नेपालको एक नमूना नगरपालिका बनाउने प्रतिबद्धता गरेका छन । मेयर मनोज देवकोटा नगरवासिले रोजेका खोजेका र नजिक बाट बुझेका हुनाले उनको जित निश्चत देखिएको छ । त्यसो भन्दै गर्दा अरु उम्मेद्वार नराम्रा भने हैनन तर देवकोटा राम्रा उम्मेद्वार मध्यका सर्वाधिक राम्रा उम्मेद्वार हुन । इश्वरपुर बासिलाई मेयर देवकोटा नै किन भन्ने प्रश्नमा नगरबासी भन्छन्, अन्य उम्मेद्वारको बोलि मात्र सुनिदै छ,...
मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

समाचार, समाज
काठमाडौं- विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो । पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो । समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गर...
भुम्लु गाउपालिकाको प्रमुखमा जसपाका रमेश जिसि र उपप्रमुखमा सुन्दरी तामाङको उम्मेदवारी

भुम्लु गाउपालिकाको प्रमुखमा जसपाका रमेश जिसि र उपप्रमुखमा सुन्दरी तामाङको उम्मेदवारी

राजनीति, समाचार
काभ्रे जिल्लाको एक पालिका प्रमुख र वडा अध्यक्षमा लोकप्रिय युुवा नेताहरुको उम्मेदवारी परेको छ।काभ्रेको भुम्लु गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आगामी स्थानीय तह निर्वाचनका लागि क्षमतावान व्यक्तित्वहरुको उम्मेद्वारी दर्ता गराएको छ ।उक्त गाउपालिका अध्यक्षको उम्मेद्वारका लागि जिल्ला सह-सचिव तथा उक्त पालिकाका लोकप्रिय युवा नेता रमेश जिसि (धिरज) ले आफ्नो उम्मेदावारी दर्ता गराएका छन । युवा नेता जिसि लामो समय देखि स्थानीय क्षेत्रमा समाजसेवामा ब्यस्त रहदै आएका थिए। समाजसेवा संगै राजनीतिमा सक्रिय जिसिलाई जनता समाजवादी नेपालको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। जिसि भुम्लुको आश लाग्दो सहयोगी युवा नेता, वैचारिक, क्षमतावान, र जुझारु प्रष्ट वक्ता हुन् ।त्यस्तै ,उपाध्यक्ष पदका लागि क्षमतावान र प्रगतिवादी जिल्ला सदस्य महिला नेतृ सुन्दरी तामाङले उम्मेदावारी दर्ता गराएकी छिन । ताम...
दुधकोशी गाउँ पालिका प्रमुख र दुई वडा अध्यक्षमा पत्रकारहरूको उम्मेदवारी

दुधकोशी गाउँ पालिका प्रमुख र दुई वडा अध्यक्षमा पत्रकारहरूको उम्मेदवारी

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेर मनोनयन सकिसक्दा पत्रकारहरुको उम्मेदवारीले प्राथमिकता पाएको छ। सोलुखुम्बुको ८ स्थानीय तहहरु मध्ये पालिका र वडाहरुमा उम्मेदवारी पहिलाको तुलनामा ह्वात्तै बढेको छ। सोलुखुम्बुमा एक पालिका प्रमुख र दुई वडा अध्यक्षमा चर्चित पत्रकारहरूको उम्मेदवारी परेको छ।सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा शिखर पोष्टका प्रधान सम्पादक तथा युवा प्रतिभाशाली युवा नेता प्रकाश खालिङको उम्मेदवारी परेको छ। खालिङ लामो समय देखि व्यवसायीक पत्रकारितामा ब्यस्त थिए। पत्रकारिता संगै राजनीतिमा सक्रिय खालिङ्लाई माओवादी पार्टिले गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। सरल स्वभाव, हसिलो, सहयोगी स्वभावका खालिङ वडाको उम्मेदवार बनेपछि कार्यकर्ताहरुमा खुसियाली छाएको छ। खालिङ बाहेक उम्मेदवार बनाउदा नजित्ने अवस्था देखिएपछि पार्...
‘मिस्टर एण्ड मिस ग्रेस एसईई’ २०२२ हुँदै

‘मिस्टर एण्ड मिस ग्रेस एसईई’ २०२२ हुँदै

राजनीति, समाचार
विगत ६ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले नेपालका विभिन्न प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, धरान, चितवन, झापा लगायतमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्ने भएको छ । काठमाण्डौको धुम्बाराहिमा अवस्थित साईपल एकेडेमीमा एक पत्रकार सम्मेलन आयोजना गरी ग्रेस इभेन्ट्सले उक्त कुराको जानकारी गराएको थियो । कार्यक्रममा ग्रेस इभेन्ट्सका प्रमुख सल्लाहकार तथा साइपल एकेडेमीका प्रबन्धक निर्देशक सुमन नगरकोटि, सिईओ सुरज थापा, महासचिव पवन कोइराला, फोटोग्राफर हेड बिन्द्रा प्रजापति, निर्द्शक दिपशना दुलाल, फाइनन्स हेड अनित श्रेष्ठ प्रजापती, आईटी हेड अनमोल श्रेष्ठ, बगमती प्रदेशका संयोजक धर्मराज पनेरु, प्रदेश १ का संयोजक भुषन पोमो लिम्बु, झापाका संयोजक मोना राइ, धरानक...
‘यहि हो मेरो देश’ सार्वजनिक (भिडियो)

‘यहि हो मेरो देश’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो ।होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् ।गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । https://www.youtube.com/watch?v=-x-bsvPWH0I गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ ।गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् ।भिडियोलाई योगेश दाहालल...
‘पिडा’मा भेटिए नायक श्रीदेब (भिडियो)

‘पिडा’मा भेटिए नायक श्रीदेब (भिडियो)

मनोरन्जन, समाचार
मोडल श्रीदेव भट्टराई र जेबिका कार्कीले छुट्टिनु पर्दा भोगेको पीडा सार्वजनिक भएको छ । जेबिकासँग अचानक छुट्टिनु पर्दा श्रीदेवको जिन्दगी नै उजाडिएको खुल्न आएको छ । यो उनीहरुको वास्तविक जीवनको भोगाइ नभएर अभिनय मार्फत प्रस्तुत गरेको एक म्युजिक भिडियोको कथा हो । “पीडा” बोलको गीतमा श्रीदेव र जेबिका पहिलो पटक देखिएका हुन । उनीहरुको जोडी भिडियोमा जमेको छ । श्रीदेव र जेबिका दुबै फिल्म र मोडलिङमा सक्रिय छन् । https://www.youtube.com/watch?v=pEKe-mx5Ikw श्रीदेवले भाइमारा, न्यु जेनेरेसन, छल, चाल, विरानो माया, सुकुलगुण्डा, कुइनेटो, चिठ्ठी लगायतका चलचित्र र बैगुनी रैछौ मायालु, तिमी मेरो पूजा, क्या बात, ऐलान, माया केबल माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका छन । अनुशाषित नायक अवार्डधारी श्रीदेवको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको थियो । पछिल्लो समय ब्यस्त जेबिकाले अभिनय गरेको...
‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम (भिडियो)

‘कसले सक्छ र खुशी दिन’मा सविता र प्रेम (भिडियो)

मनोरन्जन, समाचार
सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ । https://youtu.be/ao6q_UCbAKg एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ । सविता खड्का गरिमा पारिवारिक टेल...