आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

(सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषद बैठकद्वारा अस्वीकृत

(सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषद बैठकद्वारा अस्वीकृत

राजनीति, समाचार
कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव अस्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विदा दिँदा गलत सन्देश जाने भन्दै सो प्रस्ताव अस्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो प्रस्तावमा प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गरेका थिए। तर, जनताको काम पनि रोकिने, झन भीडभाड हुने भएकाले विदा दिनु उपयुक्त नहुने भन्दै प्रधानमन्त्री ओलीले सो प्रस्तावमाथिको छलफल टुंग्याएका थिए। देशमा कोरोना संक्रमणका घटना विस्फोटक ढंगले बढेपछि सीसीएमसीले विदा दिने रणनीति अख्तियार गर्न खोजेको थियो। देशमा सोमबारसम्म कोरोना भाइरसबाट एकलाख १४ हजार मानिस संक्रमित भइसकेका छन्। पछिल्ला तीनदिन...
नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारप्रति जनताले राखेका आशा, अपेक्षा विस्तारै वितृष्णामा परिणत हुन थालेका छन । सरकार जनताप्रति उत्तरदायी बन्न सकेको छैन । सरकारले नयाँ दृष्टिकोण र नवीन योजना ल्याउन सकेको छैन । यो नै समस्या हो । जनताले बिगतका सरकार र अहिलेको सरकारमा कुनै भिन्नता पाउन सकेका छैनन् । अझै पनि जनताका समस्याहरु ज्यूँका त्युँ छन । ती समस्या समाधान गरेको खै ? राजनीतिक दल र तिनका नेताहरुमा कुनै नयाँ दृष्टिकोण देख्न सकिएन । पुरानै शैली, व्यवाहार, सामन्ती सोच, बाहेक केहि देखिएन । यसरी लोकतान्त्रिक ब्यवस्थाको बिकास हुन सक्दैन । नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो । ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । बर्तमान सरकारले साढे २ वर्ष बिताएको छ । तर मुलुक सञ्चालनका सवालमा सत्तापक्षको भूमिकाबाट जनता उत्साहित हुन सहिरहेका छैनन् । नेपाली जनताले स्थिर सरकार र त्यो सरकारबाट हुने क...
कर्णालीको अविश्वास प्रस्ताव रोकौं,प्रचण्ड

कर्णालीको अविश्वास प्रस्ताव रोकौं,प्रचण्ड

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्ने बताएका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले भन्यो । बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गरेका थिए । नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जव...
गगन थापाकी श्रीमती र ६ वर्षीय छोरीलाई कोरोना

गगन थापाकी श्रीमती र ६ वर्षीय छोरीलाई कोरोना

राजनीति
असोज २६ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाकी पत्‍नी र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।थापा पत्‍नी डा. अन्जना केसी थापा र ६ वर्षीया छोरी जियानामा पनि कोरोना भाइरसको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । नेता थापामा गत असोज १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै उनका बुबा, आमा र काकामा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । ...
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण

राजनीति
असोज २४ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिनुभएको हो । गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज बिहान गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागार्इँले जानकारी दिनुभयो । मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताउनुभयो । (रासस) ...
नेपाली कांग्रेसको भोलिलाई निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको भोलिलाई निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित

राजनीति
असोज २४ काठमाडौं । नेपाली कांग्रेसको भोलि (आइतबार) लाई निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेस स्रोतका अनुसार पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो । कांग्रेसमा पार्टीका पूर्व पदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ । प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगामी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलपछि आगामी बैठकको तय हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेकाले छलफल कहिले हुन्छ भन्ने टुंगो छैन । अर्को ...
युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

राजनीति
असोज २४ काठमाडौं । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो । “आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पु¥याउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस् ।” विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उहाँको विश्वास छ । विकास निर्माणलगायतका काम...
सुनसरीमा राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय

सुनसरीमा राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय

राजनीति
असोज २४ काठमाडौं । कोरोना संक्रमितहरू बढ्न थालेपछि सुनसरीमा भोलिदेखि राति ८ बजेपछि बजार बन्द गर्ने निर्णय गरिएको छ। डीसीसीएमसी सुनसरीको बैठकले ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।  साप्ताहिक, दैनिक हाटबजार स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। बजार तथा पसलहरूमा समाजिक दुरी रहने गरी मात्र ग्राहकलाई प्रवेश दिनुपर्ने, स्यानिटाइजर वा हात धुने व्यवस्था गर्नुपर्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए।  आउँदै गरेको दसैँ, तिहार, छठजस्ता पर्वहरूमा सावधानी अपनाउन आफ्नो परिवारसँग मात्र घरभित्र बसेर चाडपर्व मनाउन पनि आग्रह गरिएको छ।  आग्रहको बेवास्ता गरे र स्वास्थ्यसम्बन्धी मापदण्ड पालन नगरे कारवाही गरिने पनि निर्णय गरिएको छ।  ...
कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

राजनीति
असोज २४ काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखेर उपचार थालिएको छ ।कोरोना संक्रमित भएको चौथो दिनमा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गएरातिदेखि आइसीयूमा सारेर उपचार थालिएको छ । उनी हाल उपचारकको क्रममा बीर अस्पताल छिन् । उनले पहिल्यैबाट श्वास फेर्न गाह्रो भएको बताउँदै आएकी थिइन् । सांसद चौधरीले सामाजिक सञ्जालबाट फोन नगरिदिन आग्रह समेत गरेकी छन् ।उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ...
गोकुल बास्कोटा पुनः मन्त्री बन्दै

गोकुल बास्कोटा पुनः मन्त्री बन्दै

राजनीति
असोज २४ काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेस खरिदको ‘७० करोड कमिसन प्रकरण’मा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद गोकुल बास्कोटा पुनः मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बास्कोटालाई पुनः मन्त्रिपरिषदमा फर्काउन लागेका हुन् ।मन्त्रिपरिषद हेरफेरको विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफलका क्रममा ओलीले नयाँ मन्त्रीका रुपमा गोकुल बास्कोटाको नाम पनि अगाडि सारेका हुन् । मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा अर्का अध्यक्ष प्रचण्डसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट मन्त्री बन्ने भनेर ६ जना सांसदको नाम अगाडि सारेका छन् ।बिहीबार दुई नेताबीच भएको छलफलमा ओलीले पार्टी महासचिव विष्णु पौडेलसहित पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारेका थिए । ओलीले मन्त्रीका ला...