असोज २६ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाकी पत्नी र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।थापा पत्नी डा. अन्जना केसी थापा र ६ वर्षीया छोरी जियानामा पनि कोरोना भाइरसको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ ।
नेता थापामा गत असोज १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै उनका बुबा, आमा र काकामा पनि यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
