आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

७७ ओटै जिल्लालाई गृहको कडा निर्देशन

७७ ओटै जिल्लालाई गृहको कडा निर्देशन

राजनीति
असोज ३० काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्र बहादुर बुढाले मन्त्रिपरिषद बैठकले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेअनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको बताउनु भयो । दशैंमा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण बढने खतरा रहेकोले गृहले यस्तो कदम चालेको हो । ‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ । त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’ प्रवक्ता बुढाले भन्नुभयो, ‘भयावह अवस्था आएको र यसले ...
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

राजनीति
असोज ३० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो । तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भने। उनका अनुसार केह...
९ सचिवको सरुवा, दुईजना फर्किए पुरानै मन्त्रालयमा

९ सचिवको सरुवा, दुईजना फर्किए पुरानै मन्त्रालयमा

राजनीति
असोज ३० काठमाडौं । मन्त्रिमण्डलमा हेरफेर गरेपछि पहिलोपटक बसेको क्याबिनेट बैठकले ९ सचिवको सरुवा गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को ९ जना सचिवलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको हो। नयाँ मन्त्रीको सपथग्रहण भएकै दिन सरकारले सचिवहरुको सरुवा गरेको हो।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव कोइरालालाई संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। सामान्यका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालय, खेलकुदका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालय, उर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की उर्जा आयोग, सिञ्चाई सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालय, सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालय...
चुनौतीको चाङमा अर्थमन्त्री

चुनौतीको चाङमा अर्थमन्त्री

राजनीति
असोज ३० काठमाडौं । २०७२ सालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीको दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो । केपी ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले । विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशकयताकै थलिएको थियो । त्यो परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल । ओलीकै सरकारमा ५ वर्षपछि पौडेलले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । तर, महामारीले अर्थतन्त्र धराशयी भएको पहिलाझैं चुनौतीपूर्ण कालखण्डमा। कोभिड–१९ले दुई दशकयताकै खराब अर्थ व्यवस्था सम्हाल्नुपर्ने जिम्मेवारी पौडेलको काँधमा आइलागेको छ । शैक्षिक योग्यता, आर्थिक क्षेत्रको विज्ञता जस्ता विषयलाई देखाउँदै उतिबेला धेरैले उनीमाथि अर्थ मन्त्रालय हाँक्न नसक्ने आंकलन गरेका थिए । परिणाम ठीक उल्टो आयो । भूकम्पपछि ०.२ प्रतिशतमा झरेको आर्थिक वृद्धिलाई उनले ७.७४ प्रतिशतमा पुर्‍याएका थि...
राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि

राजनीति
असोज २९ काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्।बिहीबार थापाले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’ ...
उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री पोखरेलको बहाली

राजनीति
असोज २९ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन।यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैले सम्हालेका छन्। ...
नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङबाट पदभार ग्रहण

नवनियुक्त सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङबाट पदभार ग्रहण

राजनीति
असोज २९ काठमाडौं । नवनियुक्त मन्त्री पार्वत गुरुङले आफ्नो पदभार ग्रहण गरेका छन् ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री गुरुङलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सुम्पिएका थिए । मन्त्री गुरुङले आज राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । पद तथा गोपनियताको समथ ग्रहण गरे लगत्तै मन्त्री गुरुङ आफ्नो पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् । ...
सहरी विकासमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

सहरी विकासमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

राजनीति
असोज २९ काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।  मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ । प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने उनले बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए । श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए । शितल निवासमा आयोजित समारोहमा राष्ट्रप...
नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरे

नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरे

राजनीति
असोज २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मास्क लगाएरै उनीहरुले सपथ ग्रहण गरे । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् । ...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
असोज २९ काठमाडौं । मन्त्रिमण्डलमा हेरफेर तथा ३ नयाँ सदस्य थपेपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। बैठकका भने एजेन्डाबारे केही खुलाइएको छैन। प्रधानमन्त्री ओलीले हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका थिए ।जसमा नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रालयको जिम्मेवारी भने खोसिएको छ। ...