आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

आफ्नो दशैं भत्ता फिर्ता गर्न नेता रावलको संसद् सचिवालयलाई पत्र

आफ्नो दशैं भत्ता फिर्ता गर्न नेता रावलको संसद् सचिवालयलाई पत्र

राजनीति
कात्तिक २ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले दशैं भत्ता फिर्ता गर्न पत्र काटेको जानकारी गराएका हुन् । उनले दशैं भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको समेत बताएका छन् । ‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’ उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताएका छन् । कोरोना महामारीका बेला सांसदहरुका लागि दशैं भत्ता छुट्ट्याइएको भन्दै दबाब बढेपछि धेरै ...
सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

राजनीति
कात्तिक २ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट गर्नुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गर्नुभयो । कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महास...
‘मैले सुनें अब तपाईं सुन्नुहोस्’

‘मैले सुनें अब तपाईं सुन्नुहोस्’

राजनीति
कात्तिक २ काठमाडौं । करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो । कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बनेका छन्। मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलील...
कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना

राजनीति
कात्तिक २ काठमाडौं । कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्।टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना गरिएकाे ओम अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो। उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ। ...
नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन । दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-स...
वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण

वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण

राजनीति
कात्तिक १ काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । उनका अनुसार गौतम, उनको परिवार र सचिवालयका सदस्यहरुमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको छ । ...
मेयरले वडा कार्यालयको उद्घाटन गरे, उपमेयरले ढुंगा हानिन्

मेयरले वडा कार्यालयको उद्घाटन गरे, उपमेयरले ढुंगा हानिन्

राजनीति
कात्तिक १ धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडाले आफ्नै भवन बनाएका छन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेका हुन् ।तर भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुं’गा हान्न पुगिन् । शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुं’गा हानेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । ‘उपमेयरलाई अपमान गर्ने मु’दार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मु’र्दावाद’ उनले नारा लगाइन् । शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘व...
स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

राजनीति
कात्तिक १ काठमाडौं । आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ’, प्रजिअ बस्नेतले भने । जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए । स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिका...
माननीयलाई छैन सुविधाको अभाव, तलबमा ४२ करोड ८० लाख

माननीयलाई छैन सुविधाको अभाव, तलबमा ४२ करोड ८० लाख

राजनीति
कात्तिक १ काठमाडौं । सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ । आर्थिक वर्ष ०७६–७७ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा सदस्य र उनीहरूका पिएहरूको तलबमा ४२ करोड ८० लाख ८५ हजार तीन सय पाँच रुपैयाँ सकिएको छ । हरेक सदस्यले एक जना स्वकीय सचिव (अधिकृतस्तर) राख्न सक्ने सुविधा कानुनले दिएको छ । त्यस्तै, सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष र उनीहरूका सचिवालय समेतलाई गरेर आव ०७६–७७ मा एक करोड १६ लाख ३९ हजार तीन सय ३० रुपैयाँ सकिएको छ । बैठक भत्तामा वार्षिक ६ करोड संघीय संसद्का सांसदलाई विभिन्न बैठकमा उपस्थित भएबापत दिइने भत्तामै एक वर्षमा झन्डै ६ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७६–७७ मा बैठक भत्ताबापत पाँच करोड ८७ लाख सात हजार रुपैयाँ खर्च भएको संसद् सचिवालयबाट प्राप्त विवरणमा छ । त्यसमध्ये सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले बैठकभत्ताबापत तीन लाख २१ ...
सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

राजनीति
कात्तिक १ काठमाडौं । कोरोना संक्रमित प्रतिनिधीसभा सदस्य निरु पाललाई प्रादेशिक अस्पताल महेन्द्रनगरमा स्वास्थ्यमा सुधार हुन नसकेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति रहेकी पाललाई बिहिबार कोरोना भाइरस पोजेटिभ देखिएको थियो। कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्। आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि उनले जाँच गराएकी थिइन्। ...