आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा

राजनीति, समाचार
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको घटनाको निन्दा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत् नेता नेपालले उक्त घटनाको निन्दा गरेका हुन् । उनले लेखेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसु...
शे–फोक्सुण्डो निकुञ्जमा संसदीय टोली

शे–फोक्सुण्डो निकुञ्जमा संसदीय टोली

राजनीति
प्रतिनिधिसभा,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली यहाँ आएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो । सो टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग संरक्षणका गतिविधिमा छलफल गर्ने जनाइएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाउँबस्ती छन् । स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन् । निकुञ्जका ऐनकानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ...
धोवीखोला कोरिडोरको निरीक्षणमा मन्त्री श्रेष्ठ र प्रधानमन्त्रीका सल्लाहकार डा.भट्टराई

धोवीखोला कोरिडोरको निरीक्षणमा मन्त्री श्रेष्ठ र प्रधानमन्त्रीका सल्लाहकार डा.भट्टराई

राजनीति
मंसिर ५ काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले धोवीखोला कोरिडोरको निरीक्षण गरेका छन । बबरमहलको आर्क ब्रिज क्षेत्र बाट शुरु गरिएको सो कोरिडोर निरीक्षणमा उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहित अन्य निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सो  कोरिडोरका   विभिन्न क्षेत्रको निरीक्षण गर्दै मन्त्रि श्रेष्ठले विचमा देखिएका खाल्डो र अन्य अपूर्ण संरचनालाई एक हप्ता भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए भने सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ -१३ चुनिखेल सम्म बाकि रहेको काम यथासक्य चाडो सम्पन्न गर्न सुझाव दिएका थिए। सो अवसरमा प्राधिकरणका प्रमुख तिवारीले कोरिडोर क्षेत्रमा देखिएका खाल्डा र अन्य अपूर्ण पूर्वाधार एक हप्ता भित्र निर्माण सम्पन्न गर्ने प्रतिवदत्ता  व्यक्त गरेक...
जिम्मेबारपार्टीले आफ्नो जिम्मेबारी बाट पछि हटनु भनेको इतिहासप्रति घोर बेइमानी

जिम्मेबारपार्टीले आफ्नो जिम्मेबारी बाट पछि हटनु भनेको इतिहासप्रति घोर बेइमानी

राजनीति, समाचार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लामो समयदेखि आन्तरिक द्वन्द्वले यथिवेला मुलकको राजनीतिक क्षितमा नै काला बादल मडारिएको देख्न सकिन्छ विकसित घटनाक्रमले । कोरोना भाइरस (कोभिड–१९)ले निम्ताएको महामारीको असामयिक परिस्थितिमा मुलुक हाँकिरहेको जिम्मेबार पार्टी नै मूल दायित्व बिर्सेर आन्तरिक द्वन्द्वमा केन्द्रित हुँदा आमजनतामा आक्रोश र निराशा पैदा भएको छ यतिबेला । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच देखिएको आपसी वाकयुद्धले कतै पार्टी फुटको संघारमा त छैन भन्ने भान हुन थालेको छ । यद्यपि, पार्टी भित्रका दोस्रो र देस्रो तहका नेताहरू पार्टी एकतालाई जोगाउनुको विकल्प नभएको भन्दै निरन्तर पहलकदमी अगाडि बढाइरहेका छन् । पार्टीं भित्रको किचलो छताछुल्ला भएर बाहिर आइरहँदा आम कार्यकर्तामा निराश बनेका छन् यतिबेला । प्रमुख दलभित्रको यो किचलो बढ्दै जादा अहिलेसम्म प्राप्त उपल्बधि नैगुम्ने पो हो कि भन्ने च...
शान्ती सम्झौताको १४ वर्ष पुरा

शान्ती सम्झौताको १४ वर्ष पुरा

राजनीति
मंसिर ५ काठमाडौं । नेपालमा सशस्त्र द्वन्दको अन्त्य भइ विस्तृत शान्ती सम्झौता भएको १४ वर्ष पुगेको छ । नेपालमा १० वर्ष चलेको द्वन्दका पीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ । नेपालमा २०५२ सालबाट सुरु भई १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् औपचारिक रुपमा अन्त्य भएको आज १४ वर्ष पूरा भएको छ । नेपाल सरकार र विद्रोही पक्ष बीच भएको उक्त सम्झौतामा उल्लेख गरिएका विषयहरुको पालना भएरनभएको अनुगमन गर्ने जिम्मेवारी दिएको आयोगले स्मरण गराएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार दोषी ठहर गरेका मानव अधिकार उल्लंघनकर्ताहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोगले सरकारसँग माग गरेको छ । मानव अधिकारसम्बन्धी अ...
संघीय संसदकाे अधिवेशन पुस १७ बाट शुरू गर्ने तयारी

संघीय संसदकाे अधिवेशन पुस १७ बाट शुरू गर्ने तयारी

राजनीति
मंसिर ५ काठमाडौं । संघीय संसद् सचिवालयले अगामी पुस १७ गते देखी हिउँदे अधिवेशन शुरु गर्ने तयारी गरेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि सचिवालयले अधिवेशनको तयारी गरेको होे । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भइरहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि बैठक बस्ने प्रचलन छ । संघीय संसद् सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ । यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय जुटेको छ । वार्ष...
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा छठकाे अवसरमा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा छठकाे अवसरमा शुभकामना

राजनीति
मंसिर ५ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गरेका छन।चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउदै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन। प्रधानमन्त्री केपी ओली संदेश :उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको छ । हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्...
चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी

चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी

राजनीति
मंसिर ५ काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण तय भएको छ। परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यही नोभेम्बरको अन्तिम हप्ता केही घण्टाका लागि काठमाडौ आउने तय भएको छ। नेपालमा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला काठमाडौंमा चिनियाँ राजदूतको सक्रियता बढेको छ। यही परिदृश्यमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पनि तय भएको हो। वाङ केही एशियाली मुलुकको भ्रमणका लागि बेइजिङबाट निस्कने र सोही क्रममा काठमाडौंमा पनि उत्रिने स्रोतले जनाएको छ। काठमाडौंमा रहँदा चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च नेतृत्वसँग भेट गर्ने बताइएको छ। चिनियाँ विदेशमन्त्रीको काठमाडौं अवतरण र भारतीय विदेश सचिव हर्ष वद्धर्न श्रृंगलाको नेपाल भ्रमणको सयम लगभग एउटै हुने स्रोतले बताएको छ। नेपाल मामिलामा सुषुप्त परराष्ट्र नीति कार्यान्वयनमा ल्याएको चीन पछिल्ला केही वर...
भत्ता लिने पोसाक नलगाउने

भत्ता लिने पोसाक नलगाउने

राजनीति
मंसिर ५ काठमाडौं । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ । कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताए।उनले कर्मचारीले पोसाक भत्ता लिएपछि सबै कर्मचारीले अनिवार्य पोसाक लगाउनुपर्छ, कोरोना र पोसाकको कुनै सम्बन्ध छैन, कोरोनाको बहानामा तोकिएको पोसाक नलगाई कर्मचारी कार्यालयमा प्रवेश गर्न नपाइँदैन बताए । सिंहदरबार भित्रका कार्यालय मात्र नभई अध...
राजनितिमा हावी भएको विचौलिया प्रवृत्तिले राजनितिको परिभाषा नै परिवर्तित :डा.डिआर उपाध्याय

राजनितिमा हावी भएको विचौलिया प्रवृत्तिले राजनितिको परिभाषा नै परिवर्तित :डा.डिआर उपाध्याय

राजनीति, समाचार
बिचौलिया दलालहरुले भन्टिलेटरमा पु¥याएको राजनिति बिपन्नदेखि सम्पन्नसम्म किशोर–किशोरी देखि वृद्ध–वृद्धासम्म अत्यन्त चासोका साथ चर्चा हुने विषय हो राजनिति । विशेष गरी प्रजातन्त्र पुर्नस्थापन देखि संघिय लोकतान्त्रिक गर्ने उद्योग व्यवासाय बनाए , यसबारे सबै जागरुक नेपालीहरुले चासो ब्यक्त गर्ने गरेका छन् । साना पार्टी देखी ठुला पार्टीसम्म निर्वाचन आयोगमा विधिवत दर्ता भएका राजनितिक पार्टी देखि दुईचार जनाको दस्तखतबाट एउटा माइन्युट रजिष्टरमा सञ्चालित पार्टीका नेता– कार्यकर्ताहरुको जीवनशैली तडक भडकयुक्त नै भेटीन्छ । यद्धपी ति मध्ये धेरैको देखिने आम्दानीमुलक ब्यवसाय खासै हुँदैन । राजनितिमा नवप्रवेशी तथा सरकारी सुविधा पाउने कुनै पदमा नपुगेका नेताहरु समेतमा धेरैसंग महंगा गाडी छन , उनीहरु विलासी जीवन गुजारीरहेका छन् । उनिहरुका नजिकका ब्यक्ती पीठ पछाडी खुलेरै भन्छन्– नेताज्यूको ब्यवसाय हो । ठेक्का– पट्टा...