मंसिर ५ काठमाडौं । नेपालमा सशस्त्र द्वन्दको अन्त्य भइ विस्तृत शान्ती सम्झौता भएको १४ वर्ष पुगेको छ । नेपालमा १० वर्ष चलेको द्वन्दका पीडितहरुको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ ।

नेपालमा २०५२ सालबाट सुरु भई १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् औपचारिक रुपमा अन्त्य भएको आज १४ वर्ष पूरा भएको छ ।

नेपाल सरकार र विद्रोही पक्ष बीच भएको उक्त सम्झौतामा उल्लेख गरिएका विषयहरुको पालना भएरनभएको अनुगमन गर्ने जिम्मेवारी दिएको आयोगले स्मरण गराएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार दोषी ठहर गरेका मानव अधिकार उल्लंघनकर्ताहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोगले सरकारसँग माग गरेको छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गर्न, पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न आयोगले माग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here