आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक स्थगित

राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । कांग्रेसका प्रवक्ता शर्मालाई लक्षणसहितको कोरोना संक्रमणनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्टार हस्पिटलमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बेलुका स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको प्रवक्ता शर्माले जानकारी दिएका छन् । लक्षणले च्यापे पनि मनोब...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलद्वारा राजीनामा

राजनीति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आज पदबाट राजीनामा दिएका हुन्। पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। पोखरेलले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्र। ...
पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित

पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित

राजनीति, समाचार
पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको हाल अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि एमालेकै नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका थिए। उनका छोरो एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले आफू र आफ्ना बाबु पश्रित संक्रमित भएको जानकारी दिएका थिए। ...
सवैले आ-आफनो सुरक्षा आफै गरौं

सवैले आ-आफनो सुरक्षा आफै गरौं

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, कोरोना भाइरसको संक्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनौं जसो आइरहेका छन । यो नै चिन्ताको बिषय बनेको छ । यति बेला संक्रमितको संख्या बढे संगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुदैछ । समयमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ की सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन्। यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नु पर्ने हो की होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देश भरी जनता त्रासमा छन । अहिले बढीरहेको यो संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ । यसमा जनता साथ दिन तयार छन । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा संक्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयार...
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने

राजनीति, समाचार
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । कोरोना महामारीका कारण १४ औं महाधिवेशन फेरि प्रभावित हुने देखिएपछि बैठक बस्न लागेको हो । आगामी भदौमा महाधिबेशन गर्ने भनिएपनि अहिलेसम्म क्रियाशिल सदस्यता इन्ट्री हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहर बढेपछि महाधिवेशन प्रभावित हुने देखिएको छ । बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ । केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ । जसपा अनि...
देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द

राजनीति, शिक्षा
देशभरका विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको हाे । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो । यसअघि भने शहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए । अबदेखि विद्यालयहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सबै प्रकारका परीक्षा पनि गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । ...
नेताहरु सत्तामा पुगेपछि सबैकुरा बिर्सन्छन

नेताहरु सत्तामा पुगेपछि सबैकुरा बिर्सन्छन

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अव देशको बारेमा हामीले नसोचे कस्ले सोच्ने ? त्यसैले सवैले सोचौं र देश बनाऔं । जव नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन तव देश बिग्रियो भनेर जाने हुन्छ । अहिले भएको त्यही हो । अरु केही होइन । हामी सवै नेपाली जनता मिलेर अगाडी बढौं । देश बनाउन सवै एकजुट हुनु पर्छ । अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ । त्यसैले हामी जुटौं, फुटेर अघि बढन सकिदैन अघि बढने भनेको जुटेर हो । हामीमा एकता चाहिएको छ । नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो । हामीमा एकता नभए सम्म देशको बिकासले गति लिन सक्दैन । एकता नै बल हो । अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ नी । यो हाम्रो लागी गम्भिर चुनौतिको बिषय हो । यो बेरोजगारी समस्या सवै मिलेर हल गरौं । यसको समाधान खोजौं । अहिलेको प्रमुख आबश्यकता यो हो । अहिले देशमा बेरोजगारी समस्याले नै ठूलो रुप लिएको छ । ...
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीचको दूरी बढ्दै

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीचको दूरी बढ्दै

राजनीति, समाचार
 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको खबर राजधानी दैनिकमा छ । संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ । ओली र नेपालबीचको आआफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ । ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ । ‘एकले ...
नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने

राजनीति, समाचार
नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ। १४ औँ महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्। ...
एक्काइसौँ शताब्दी र महिला माथि हुने हिंसा

एक्काइसौँ शताब्दी र महिला माथि हुने हिंसा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालमा महिला हिंसाका घटनाहरु बेला बेलामा चर्चामा आउने गर्दछन । महिला माथि हुने जघन्य अपराधलाई नै महिला हिंसा भनिन्छ । जस्तै बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, समाजमा छोरा नजन्माएकामा गरिने हिंसा आदी इत्यादी हुन । बिशेष गरेर यस्ता घटनाहरु अज्ञानताका कारण गरिने गरिन्छ । जबर्जस्ती करणी गर्नुलाई बलात्कार भनिन्छ । कुनै स्त्रीलाई उसको इच्छाविपरीत जबर्जस्ती करणी गर्नु नै बलात्कार हो । हाम्रो समाजमा अथवा बिशेष गरेर तराई मधेसमा दाइजो नदिएको आरोपमा पनि धेरै महिलाहरु हिंसाको सिकार बनेका छन । त्यसै गरि बोक्सीको आरोपमा पनि महिला माथि हिंसा हुने गरेको छ । यो रुढीवादी परम्परा हो । यस्ता रुढीवादी परम्परालाई तोडेर अगाडि बढ्नु पर्छ । निर्दोष महिलालाई अथवा एकल महिलालाई आर्थीक ,सामाजिक सबै हिसाबले अपमानित गरी बोक्सीको आरोप लगाई यातना दिई मलमुत्र खुवाउनु यो जघन्य अपराध हो । विज्ञान...