आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

प्रिती आले र राजेश बर्देवाको ‘भेलु बाजे डान्स’ (भिडियो)

प्रिती आले र राजेश बर्देवाको ‘भेलु बाजे डान्स’ (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्बजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ। https://youtu.be/5Ohs8p-UDGM दजनौं चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् । त्यस्तै, दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ। ...
पुजा भइन ब्युटिसियन नेपाल २०२२

पुजा भइन ब्युटिसियन नेपाल २०२२

मनोरन्जन, समाचार
ब्युटीसियन नेपालको आठौं संस्करणमा भक्तपुरकी पुजा सापकोटा बिजयी भएकी छन् । हिमालयन मुुभिजको आयोजनामा बुधवार अपरान्ह राजधानीमा सम्पन्न कार्यक्रममा दिलाशा श्रेष्ठ, फस्ट रनरअप तथा शर्मीला डंगोल सेकेन्ड रनरअप भएका छन् । ब्युटीसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको पेशागत सौन्दर्य प्रतियोगिता हो । जसको फाइनल चरणमा टप टेन प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको थिए । दुलहीको पहिरनमा आफुले आपैmलाई श्रृंगार गरेर स्टेजमा उत्रिएका व्युटिसियनहरुले वेहुली चलचित्रको गितमा आकर्षक नृत्य गरेका थिए । प्रतियोगीहरुले परिचयात्मक चरण, प्रश्नोत्तर चरण, लिखित चरण गर्दै क्राउनिङ चरण सम्म पुगेका थिए । कार्यक्रममा विविध सवटाइटलहरु समेत वितरण गरिएको थियो, जसमा प्रतियोगीहरुले तालिम चरण मै प्रतिष्पर्धा गरेको सवटाइटल तर्पm वेस्ट मेक–अप विनरमा शर्मीला डंगोल, वेस्ट नेल आर्ट विनर प्रमिला चौरेल, वेस्ट मेहेन्दी ...
मिसेस क्यापिटल क्विन नेपालको उपाधी सुनितालाई

मिसेस क्यापिटल क्विन नेपालको उपाधी सुनितालाई

मनोरन्जन, समाचार
मिसेस क्यापिटल क्विन नेपाल २०२२ को उपाधी सुनिता पाख्रिनले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा फस्ट रनरअप सम्झना राई एवं सेकेन्ड रनरअप पवित्रा सुब्बाले हात पार्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो भने , कार्यक्रमको श्रृखला अन्र्तगत यो पाँचौ संस्करण हो । सवटाइटल अवार्ड तर्पm भने विजेता सुनिता पाख्रिनले मोस्ट डिलिजेन्ट, उपविजेता सम्फना राईले मोस्ट कन्फिडेन्ट, सेकेन्ड रनर अप पवित्रा सुब्बाले वेस्ट फोटोजेनिक त्यस्तै गरी सुधा पोख्रेल मोस्ट स्मार्ट, दिपा श्रेष्ट मोस्ट ए्याक्टीभ, माया रसाइली वेस्ट डिसीप्लीन र मोस्ट पपुलर एवं अन्जु प्रधानले वेस्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो अवार्ड हात पार्न सफल भएका छन् ।सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्र...
प्रमोद खरेल र अस्मिता अधिकारीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड

प्रमोद खरेल र अस्मिता अधिकारीलाई सर्वोत्कृष्ट युगल गायनको अवार्ड

मनोरन्जन, समाचार
काठमाडौ ।‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री  जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य तथा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको विशिष्ठ आतिथ्यमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’मा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिएको छ भने वरिष्ठ तबला वादक कुमार महाराज थापालाई रजत सम्मान प्रदान गरिएको थियो । सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित पत्रकारिता सम्मान प्रदान गरिएको थियो । समारोहमा वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ गोपाल न्यौपाने,वरिष्ठ संगितकार राजु सिंह,वरिष्ठ संगितकार वसन्त सापकोटा, राजनीतिज्ञ सरिता दाहाल,गीतकार शान्ति...
इन्दिरा भट्टराईको ‘हे गणनायक’ सार्वजनिक(भिडियो)

इन्दिरा भट्टराईको ‘हे गणनायक’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सागर अधिकारी र इन्दिरा भट्टराईको स्वर रहेको भजन गणेश भजन ‘हे गणनायक…’ सार्वजनिक भएको छ । सागर अधिकारीकै शब्द तथा सङ्गीत रहेको भजनको भिडियो सर्वाजनिक भएको हो । नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक…’ को भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Gtnke_GzgsQ दिनेश पराजुलीले छायाँकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त सापकोटाको निर्देशन छ । एचओ एच म्युजिकको अफिसियल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । ...
समाजसेवासंगै गायन र मोडलिङ्गमा पनि चर्चामा मन्जु थापा

समाजसेवासंगै गायन र मोडलिङ्गमा पनि चर्चामा मन्जु थापा

मनोरन्जन, समाचार
पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालीका १० मा बुबा गणेशबहादुर बस्नेत र आमा चित्रकुमारी बस्नेतको कोखबाट २ छोरा र २ छोरीमध्य कान्छी छोरीको रुपमा जन्मीएकी मन्जु थापा बाल्यकालदेखिनै सरल स्वभावकी थिईन् , गीत, संगीत भनेपछि हुरुक्कै हुने मन्जुले स्कुलहरुमा हुने कार्यक्रममा भाग लिएर धेरै पुरस्कारहरु जितेर सानै उमेरमा सबैको मन जितेकी थिईन् । सन् २००४ देखि निरन्तर हंगकंगमा बस्दैआउनुभएकी मन्जुलाई हंगकंग आईडी अनि व्यवसायको ब्यस्तताले गीत, संगीतलाई केहीपछि पारेको महसुस भएपनि कला कहिल्यै मर्दैन भन्ने उदाहरणको लागि मन्जु थापाले नेपाल आएको समयमा साथै बिदेशमा बसेरै भएपनि आफ्नो कला र गलालाई निरन्तर दर्शकसामु पस्किरहेकीछिन् । “भाछु मरितुल्य”, “फूलजस्तै उमेर” लगायत दर्जनौँ गीतमा आफ्नो स्वर दिइसक्नुभएकी र मोडल बनिसक्नुभएकी गायिका तथा मोडल मन्जु थापाले हंगकंग, कोरिया, सिंगापुर, मकाउ, चीन लगायतका देशहरु...
आस्मान लोप्चानको ‘हाम्मैलिला खैलाला’ (शेर्पाको हुल उठ्यो) सार्वजनिक

आस्मान लोप्चानको ‘हाम्मैलिला खैलाला’ (शेर्पाको हुल उठ्यो) सार्वजनिक

मनोरन्जन, समाचार
सेलो गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आस्मान लोप्चानको नयां हिमाली सेलो गीत हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो) भिडियो सहित सार्वजनिक भएको छ । गायकद्धय आस्मान लोप्चान गायक मात्र नभएर एक कुशल मोडल तथा सञ्चारकर्मी समेत हुन् । सेलो गीत संगीतको बजारमा विभिन्न खालका म्युजिक भिडियो सार्वजनिक हुने क्रममा संस्कार, संस्कृति र गोईलो खोई भनेर प्रश्न उठाउनेहरुका लागी यो गीतको भिडियो राम्रै जवाफ बन्ने पक्का रहेको छ । गायकद्धय आस्मान लोप्चान स्वयम् अभिनित ८ मिनेट लामो यो गीतको भिडियोमा सांकेतीक रुपमा बौद्ध धर्मसंग सम्बन्धीत संस्कार, संस्कृति र गोईलोको अत्यन्तै राम्रो ढंगले प्रस्तुत गरेको देखिन्छ । https://youtu.be/WXxGWg-MXu0 गीतको शब्द र संगीत गायकद्धय आस्मान लोप्चानकै रहेको छ भने आवाज आस्मान लोप्चानको र लामु शेर्पाको रहेको छ । जोगलाल लामाको एरेन्ज रहेको...
”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने

”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने

मनोरन्जन, समाचार
काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ ।कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा...
‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/ez18SWwiPx0 ...
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला

सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
ज्योति विकास बैंकको प्रस्तुति रहेको सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । अवार्डमा २०७८ वैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत सङगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएको छ...