सेलो गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आस्मान लोप्चानको नयां हिमाली सेलो गीत हाम्मैलिला खैलाला (शेर्पाको हुल उठ्यो) भिडियो सहित सार्वजनिक भएको छ । गायकद्धय आस्मान लोप्चान गायक मात्र नभएर एक कुशल मोडल तथा सञ्चारकर्मी समेत हुन् ।

सेलो गीत संगीतको बजारमा विभिन्न खालका म्युजिक भिडियो सार्वजनिक हुने क्रममा संस्कार, संस्कृति र गोईलो खोई भनेर प्रश्न उठाउनेहरुका लागी यो गीतको भिडियो राम्रै जवाफ बन्ने पक्का रहेको छ । गायकद्धय आस्मान लोप्चान स्वयम् अभिनित ८ मिनेट लामो यो गीतको भिडियोमा सांकेतीक रुपमा बौद्ध धर्मसंग सम्बन्धीत संस्कार, संस्कृति र गोईलोको अत्यन्तै राम्रो ढंगले प्रस्तुत गरेको देखिन्छ ।

गीतको शब्द र संगीत गायकद्धय आस्मान लोप्चानकै रहेको छ भने आवाज आस्मान लोप्चानको र लामु शेर्पाको रहेको छ । जोगलाल लामाको एरेन्ज रहेको यस गीतको मिक्सिङ भने दिपेश प्रधानले गरेका हुन् । बुद्ध लामा तितुङको निर्देशन तथा पुर्ण लामाको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा आस्मान लोप्चान, मिङ्मा डोल्मा शेर्पा, छोङ्बा शेर्पा(ह्रिन्छेन) मुख्या भुमिकामा देखिन्छ भने लक्पा दोर्जे तामाङ, निरोज तामाङ, सम्झना घिसिङ, सुश्मिता तामाङ, सञ्चरानी शेर्पा, कमला शेर्पा, राजु लामा लगायतका नृत्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here