नेपाल भाषाको फिल्म ‘गालय वन’को ट्रीजर र गीत सार्वजनिक
भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र ‘गाल्य वन”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार प्रकाश अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो । एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको तथा अजय दुवाल निर्माता रहेको चलचित्रलाई संयुक्त स्थापितले निर्देशन गरेका छन ।
कार्यक्रममा प्रमुख् आतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा बिशेष आतिथि वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने यसको प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने कुरा निर्देशक संयुक्त स्थापितले जानकारी गराउनु भएको थियो । चलचित्रको सार्वजनिक भएको गीतमा भने स्वर गायक पूर्णमान ...









