ज्योति विकास बैंकको प्रस्तुति रहेको सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।

अवार्डमा २०७८ वैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत सङगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभएको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएको छ ।

साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here