आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक टीका मगरको ‘बज्यैको बुलाकी’(भिडियो )

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक टीका मगरको ‘बज्यैको बुलाकी’(भिडियो )

मनोरन्जन, समाचार
भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ ।ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन् । गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन् । विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन् । भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=bV4yCAMq4TE मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भ...
‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ” तिम्रो सबै कुरा मन पर्छ ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे । https://www.youtube.com/watch?v=ZMG9ZMFV5rs खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ । ...
सुरेश केरुङको सम्झनामा ‘हे दैव’(भिडियो)

सुरेश केरुङको सम्झनामा ‘हे दैव’(भिडियो)

मनोरन्जन, समाचार
सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । https://youtu...
सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’ प्रदान

सौन्दर्यकर्मी माया बुढाथोकी (पायल) लाई ‘राष्ट्रिय नारी सम्मान’ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं । सौन्दर्यकर्मी माया बुढाथोकी, ( पायल) एक कार्यक्रमका वीच सम्मानित भएकी छिन । राजधानीको रोयल बैक्वैट,तिनकुनेमा आयोजित राष्ट्रिय नारी सम्मान २०८० को भव्य समारोहका वीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल तथा वरिष्ठ गायिका तारा थापाले संयुक्त रुपमा उनलाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरिएको हो । मया बुढाथोकी लामो समयदेखि सौन्दर्यकला तथा मेकअप आर्टिष्टको रुपमा परिचित छिन । मिस ब्यूटिफुल नेपाल २०२३ की भ्यूवर्स च्वाईस तथा वेष्ट स्माईलको टाईटल जित्न सफल मया मेकअप तथा सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै आईरहेकी छिन । गुणस्तरीय सौन्दर्य प्रशाधान मात्र प्रयोग गर्दै आईरहेकी पायल आफ्ना ग्राहकको सन्तुष्टिका लागि निकै सतकर्ता अपनाउने गर्छिन । ...
पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड  असोज २६ गते

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड असोज २६ गते

मनोरन्जन, समाचार
पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तिम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छभने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित र...
उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

उपरथी श्रेष्ठ रचित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ । नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दि...
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

मनोरन्जन, समाचार
जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो कान्छायो जिन्दगी बाउबाजेको बिँडो थामी खाकोकहिलेकाहीँ त लाग्छपुरानो बिग्रेको मोटरजस्तोएउटा चक्का पञ्चर हुन्छटाल्यो काम चलायोघरिघरि हावा खुस्किन्छबनायो फेरि स्लिप खान्छस्टेरिङ नै बटारिने गरीठोकठाक गरेर दगुर्यायोफेरि कहिले तअँध्यारोमा हेड लाइट नै बल्दैनगुलुब जलेछ भन्योमधुरो साइड लाइटलेजेनतेन बाटो धान्योलोडसेडिङ हो क्यारेझ्याप्प–झ्याप्प बत्ति जानेटुकी बालेर अलि–अलि फुटेकोनिक्कै पहिला नेपाल शहर जाँदाछोराले हाल्देकोपावरको चश्माले काम चलाएजस्तैअलिक अप्ठेरो बाटोमा तजिउ पनि हल्लिन्छएक नम्बर गियरमा हिँड्दा पनि,पुरानो मोटरकोहर्न बाहेक सबै बजेजस्तोशायद–उमेरले थिचेपछिव्यवहार...
स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

मनोरन्जन, समाचार
नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् । संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो । ...
आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको  तीज मेला

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीज मेला

मनोरन्जन, समाचार
ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ । ...
चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ...