आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

ईपी एजुकेशन ‘मिस कुपिड हेटौडा’को टैलेन्ट राउण्ड सम्पन्न,फिनाले पौष २८ गते,बरिष्ठ गायक आनन्द कार्कीको प्रस्तुती रहने

ईपी एजुकेशन ‘मिस कुपिड हेटौडा’को टैलेन्ट राउण्ड सम्पन्न,फिनाले पौष २८ गते,बरिष्ठ गायक आनन्द कार्कीको प्रस्तुती रहने

मनोरन्जन, समाचार
ईपी एजुकेशन अष्टे«लियाको पस्तुती तथा ग्रेस ईभेन्ट्सले आयोजना गरेको मिस कुपिड हेटौडाको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । मकवानपुर चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिजको हलमा आयोजित उक्त टैलेन्ट शोमा १४ जना प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त शोमा निरन बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । ग्रेस ईभेन्ट्सका अध्यक्ष सुरज अधिकारीले प्रमुख अतिथी तथा निर्णायक मण्डललाई खादा ओढाएर सम्मान गरेका थिए । निशा गौतम, पवन कोईराला, ईशा भण्डारी लगायतले निर्णायकको भुमिका निभाएका थिए । प्रतियोगीताको फिनाले पौष २८ गते हुने र कार्यक्रममका वरिष्ठ गायक आनन्द कार्कीको एकल सांझ समेत हुने आयोजक ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाले जानकारी दिए ।...
राजधानीमा एक भब्य कार्यक्रमबिच फेसियल हाउसको ११ औं वार्षिकोत्सव सम्पन्न

राजधानीमा एक भब्य कार्यक्रमबिच फेसियल हाउसको ११ औं वार्षिकोत्सव सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ११ । फेसियल हाउसको ११ औं वार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बिशिष्ठ सदस्य चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा फेसियल हाउसको ११ औं वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नंबर ३ अध्यक्ष दिनेश श्रेष्ठ , उद्योग वाणिज्य महासंघ काठमाडौंका उपाध्यक्ष जयप्रकाश सिवाकोटी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , दिक्पाल कार्की , अक्षयजंग रायमाझी , कर कार्यालयका अधिकारीहरु तथा बरिष्ठ व्युटिसियनहरुको सहभागीता रहेको थियो । फेसियल हाउसको उत्सवमा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेसियल हाउसले अरुलाई पनि स्वरोजगार बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्ति गरे । कार्यक्रमका विशिष्ट अतिथी सार्क चेम्बर...
मिस्टर एन्ड मिस शेर्पा, २०१८ को ट्यालेन्ट शो सम्पन्न

मिस्टर एन्ड मिस शेर्पा, २०१८ को ट्यालेन्ट शो सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ११ । दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । मंगलवार राजधानीको तीनचु्लीस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे । मिस शेर्पा उपाधिका लागि ९ युवती र मिस्टर शेर्पा उपाधिका लागि ९ युवा अडिसन राउन्ड पार गर्दै ट्यालेन्ट राउन्डमा आइपुगेका हुन् । प्रतियोगिताको फिनाले यही पुस १५ गते रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा हुने भएको छ । विनिता राई, मोडल तथा ईभेन्ट अर्गनाईजर राज लुईटेल, मिस शेर्पा- २०१७ की विजेता सोनाम डोल्मा शेर्पा र प्रियंका भन्डारीले जजको भुमिका निभाएका थिए । कार्यक्रममा प्रमुख अतिथि पूर्वराज्यमन्त्री आङ छिरिङ शेर्प...
नायक दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक ( भिडियो सहित )

नायक दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक ( भिडियो सहित )

मनोरन्जन, समाचार
काठमाडौं, पुस- १० । दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त गीतमा दयाहाङ राई ‘ड्राइभर दाई’ को भूमिकामा प्रस्तुत भएका छन् भने गीतमा गायक थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर रहेको छ । गीतमा अनमोल गुरुङको संगीत अनि उमेश उपमाको शब्द रचन रहेको छ । गीतमा कोरियोग्राफी भने कोरियोग्राफर योज्ना प्रधानको रहेको छ । अनमोल गुरुङको निर्देशन रहेको यस चलचित्रको गीतको भिडियोमा दयाहाङ सँगै निर्देशक तथा कलाकार तुलसी घमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् । रुदेनसदा लेप्चाले निर्माण गरेको यस चलचित्रमा दया र तुलसीसँगै अरुणा कार्की, सिदार्थराज तामाङ, अलोना कवो लेप्चा, सम्राट विश्वास, रिंकी लगायतको अभिनय रहेको छ ।...
स्तनपानको लागि  राशेल मैकएडम्सको बोल्ड फोटोशूट, फोटो सामाजिक सन्जालमा भाईरल

स्तनपानको लागि राशेल मैकएडम्सको बोल्ड फोटोशूट, फोटो सामाजिक सन्जालमा भाईरल

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ९ । एक तस्बिरका कारण क्यानडाकी सुप्रसिद्द हिरोइन रासेल म्याकएडम्स अहिले चर्चामा रहेकि छिन् । विभिन्न सामाजिक सञ्जालहरुमा रासेलको तस्बिर भाइरल भइरहेको छ । स्तनपानका लागि जागरुक बनाउनका लागि भन्दै रासेलले ‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका लागि ‘ब्रेस्ट पम्प’ लगाएर फोटोसुट गराएकी थिईन् । ‘गल्र्स गल्र्स गल्र्स’ म्यागजिनका संस्थापक क्लियर रोथस्टिनले फोटो शेयर गर्दै लेखेका छन्, ‘यस फोटो शेयर गर्नुको पछाडि कैयौँ कारण छन्, यो फोटोसुट उनले छोरो जन्मिएपछि गराएकी थिइन् । फोटोसुटको ब्रेकमा उनी बच्चालाई स्तनपान गराइरहेकी थिइन् ।’ म्याकएडम्स हलिउडमा ‘पर्फेक्ट पाई’, ‘मिन्स गर्ल’, ‘द नोटबुक’लगायत सफल फिल्मका कारण प्रसिद्द छिन । सानदार अभिनयका कारण उनले थुप्रै अवार्डहरु समेत हात पारीसकेकी छिन् ।...
एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

एञ्जिलाको ‘ओइ’ बोलको गितको भिडियो सार्वजनिक : श्रोता तथा दर्शकको मनमा बस्न सफल

मनोरन्जन, समाचार
काठमाडौं, पुस- ९ । एञ्जिला रेग्मी, बादल थापा र नविन रावलको अवाजमा रेकर्ड गरिएको ‘ओइ’ बोलको गीत सार्वजनिक गरिएको छ । मिलन बिस्टको शब्दरहेको गीतमा संगीत भने नविन रावलको रहेको छ । गीतको भिडियो हेर्नुस् : https://youtu.be/nONOGLMzXjc गीत सार्वजनिक भएसँगै एञ्जिलाको यो गीतलाई दर्शकले निकै नै रुचाइरहेका छन् । गीतको भिडियो हाल युटुव ट्रेन्डिङ्गको तेश्रो स्थानमा रहेको छ । यसअघि सार्वजनीक भएको एञ्जिलाको ‘दिलको भित्तामा’ बोलको गीत सुपरहिट भएको थियो । राहुल शाहले निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको गरेका हुन ।...
करणको फिल्म शुद्धिमा प्रभास देखिने

करणको फिल्म शुद्धिमा प्रभास देखिने

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । बलिवूड निर्देशक करण जोहार उनको नयाँ फिल्म ‘शुद्धि’का लागि पछिल्लो तीन वर्षदेखि काम गरिरहेका छन् । फिल्मको मुख्य अभिनेताका लागि ऋतिक रोशनदेखि सलमान खानसम्मको नाम बाहिर आएको थियो पछि गएर वरुण धवन पनि यस फिल्मसँग जोडिए । तर, करणको फिल्मको विषयवस्तु यति गह्रौँ थियो कि कसैले चुनौती स्वीकार गर्नै सकेनन् । अ्हिले अन्तिममा सो फिल्ममा प्रभासले अभिनय गर्ने कुरा पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बाहुबली सिरिजबाट एकाएक चर्चाको शिखरमा पुगेका प्रभासको आउन लागेको नयाँ फिल्म ‘साहो’ हो । फिल्म ‘साहो’ आउने अगस्टमा रिलिज हुँदै छ । यो फिल्म हिन्दी भाषामा पनि एकसाथ आउँदै छ । शुद्धि नै प्रभासको लागि बलिउड डेब्यु फिल्म हुने जनाइएको छ ।...
फिल्म ‘छपाक’मा दीपिकासँग राजकुमार र आयुष्मान नदेखिने

फिल्म ‘छपाक’मा दीपिकासँग राजकुमार र आयुष्मान नदेखिने

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । वलिवूड अभिनेत्री दीपिका पादुकोण बिहेपछि अब अभिनयमा फर्कने तयारीमा जुटेकी छिन् । दीपिकाको नयाँ फिल्मलाई लिएर लगातार समाचार बाहरी रहेका छन् । उनी चाँडै नै मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’मार्फत देखिँदै छिन् । उक्त फिल्ममा एसिड आक्रमणमा परेकी लक्ष्मीको जीवनमा आधारित छ । केही दिनपहिले सो फिल्ममा राजकुमार राव र आयुष्मान खुराना मुख्य भूमिकामा रहने खबर बाहिरिएको थियो । तर, पछिल्लो खबरअनुसार ‘छपक’बाट आयुष्मान र राजकुमार दुवै बाहिरिएका छन् । अब यो फिल्ममा भने नयाँ अनुहार विक्रान्त मेस देखिने भएका छन् । मेघनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार फिल्मको अन्य सबै कलाकार निश्चित भइसकेको छैन । विक्रान्तसँग मेघनाले फिल्म ‘राजी’ को समयदेखि नै काम गर्न ईच्छुक रहेको बताएकि थिईन । मेघनाले भनेकी छिन्, ‘अ डेथ इन द गन्ज हेरेपछि मैले विक्रान्तसँग काम गर्न ई्च्छुक थिएँ ।’...
स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

स्टेज उद्घोषणको अनुभव पुस्तकमा उतार्दै उद्घोषक गोपाल अधिकारी

मनोरन्जन, समाज
वुटवल, पुस-६ । रुपन्देही क्षेत्रमा स्टेज उद्घोषणका लागि सु- प्रसिद्द गोपाल अधिकारीले आफ्नो अनुभवलाई समेटेर उद्घोषण कला सम्बन्धि पुस्तक प्रकाशित गरेका छन् । रुपन्देही तथा त्यस आसपासको क्षेत्रमा विगत ३ दशकदेखि अविच्छिन्न रुपमा उद्घोषण कलामा लागेर निकै ख्याति कमाएका अधिकारीले आफ्नी आमा स्वर्गीय लीलादेवी अधिकारीको नाममा समर्पित गर्दै उद्घोषण कला नामक पुस्तक प्रकाशित गरेका हुन् । स्याङ्जाको तुल्सी भन्ज्याङ जन्मिएका उनले आफ्नो कर्म थलो बुटवललाई बनाउँदै आएका छन् । २०५२ देखि सञ्चार जगतमा प्रवेश गरेका उनी अहिले स्टेज प्रदर्शनमा उद्घोषण कला मार्फत युवामाझ लोकप्रिय बनेका छन् । हाउजी विङ्गो तम्बोला खेलाउने शैली, आवाज र प्रस्तुतिका कारण उनी थप लोकप्रिय बनेका छन् । अधिकारीले आफ्नो पुस्तकमा उदघोषण कलासहित प्रभावकारी भाषण कला र नेतृत्वका सीपहरुका सम्वन्धमा स्पष्ट र सबैले बुझ्ने भाषामा सरल हिस...
को बन्नेछ नेपाल आइडल सिजन–२

को बन्नेछ नेपाल आइडल सिजन–२

मनोरन्जन, समाचार
काठमाडौं, पुस-६ । ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन अब केही घण्टा मात्रै बाँकी रहेको छ । ग्रान्ड फिनालेको समय जति छोटिँदैछ त्यति नै सिजन–२ को विजेता को हुनेछ भन्ने कौतुहलता बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गरिसक्दा नेपाल आइडल सिजन–२ फिनाले राउण्डमा पुगेको छ । नेपाल आइडल सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा उतार्दैछ । फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड रहेका छन् । यी चार मध्ये नेपाल आइडल सिजन–२ मा कसले बाजी मार्ने हो, त्यो शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था देखिदैन । उत्कृष्ट चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठायो । होम टाउन पुगेका ...