आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ईपी एजुकेशन ‘मिस कुपिड हेटौडा’को टैलेन्ट राउण्ड सम्पन्न,फिनाले पौष २८ गते,बरिष्ठ गायक आनन्द कार्कीको प्रस्तुती रहने

ईपी एजुकेशन अष्टे«लियाको पस्तुती तथा ग्रेस ईभेन्ट्सले आयोजना गरेको मिस कुपिड हेटौडाको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । मकवानपुर चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिजको हलमा आयोजित उक्त टैलेन्ट शोमा १४ जना प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त शोमा निरन बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । ग्रेस ईभेन्ट्सका अध्यक्ष सुरज अधिकारीले प्रमुख अतिथी तथा निर्णायक मण्डललाई खादा ओढाएर सम्मान गरेका थिए ।

निशा गौतम, पवन कोईराला, ईशा भण्डारी लगायतले निर्णायकको भुमिका निभाएका थिए ।

प्रतियोगीताको फिनाले पौष २८ गते हुने र कार्यक्रममका वरिष्ठ गायक आनन्द कार्कीको एकल सांझ समेत हुने आयोजक ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *