काठमाडौं, पुस- ११ ।

फेसियल हाउसको ११ औं वार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बिशिष्ठ सदस्य चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा फेसियल हाउसको ११ औं वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नंबर ३ अध्यक्ष दिनेश श्रेष्ठ , उद्योग वाणिज्य महासंघ काठमाडौंका उपाध्यक्ष जयप्रकाश सिवाकोटी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , दिक्पाल कार्की , अक्षयजंग रायमाझी , कर कार्यालयका अधिकारीहरु तथा बरिष्ठ व्युटिसियनहरुको सहभागीता रहेको थियो ।

facial house

फेसियल हाउसको उत्सवमा कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेसियल हाउसले अरुलाई पनि स्वरोजगार बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्ति गरे । कार्यक्रमका विशिष्ट अतिथी सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले फेसियल हाउसले धेरैलाई रोजगारी दिएको भन्दै प्रशंसा गरे । फेसियल हाउले धेरैलाई ब्युटी सम्बन्धी सिप सिकाएको भन्दै यसले स्ववलम्बन बनाउन सहयोग गरेको उनले बताए ।

facial house

कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले सधै खुसीका साथ काम गर्ने वातावरण बनोस भन्ने धारणा राख्दै घरबहाल सम्बन्धी कानुनको अभावमा निजी क्षेत्रले समस्या खेप्दै आएको बताए ।

फेसियल हाउसले ११ वर्षमा ४ हजार भन्दा वढी विद्यार्थी उत्पादन गरिसकेको निर्देशक शुष्मा महराले जानकारी दिईन् । उनले विदेश जाने विद्यार्थी सिक्न आउने गरेको र यहाँ सिक्दा देश तथा विदेशमा राम्रो अवसर पाउने बताईन् । उक्त अवसरमा फेसियल हाउसका तर्फबाट बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कर्मचारीहरुको मूल्यांकनको कदर गरिएको थियो । फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी तर्फ सोनु कुमार शर्मालाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै स्वेता मगर लगाएतका अन्य कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

facial house

कार्यक्रममा जेनेक्सले जुम्वा प्रस्तुत गरेको थियो भने बिभिन्न कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए । ११ वर्षमा फेसियल हाउसका काठमाडौ मल , सिटिसी मल, पोखरा , काकडभित्ता लगायतका स्थानमा ६ वटा ब्रान्च स्थापित छन् ।

facial house

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here