आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण श्वेता अग्रवालसँग आज बैवाहिक जीवनमा बाँधिदै

गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण श्वेता अग्रवालसँग आज बैवाहिक जीवनमा बाँधिदै

मनोरन्जन, समाचार
गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ । जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् । ...
गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
ध्रुव बिस्को र सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/bp1417exGTI माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।  माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ । नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’ ...
‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस

‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस

मनोरन्जन, समाचार
रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् । चलचित्र विकास बोर्डले एक पत्रमार्फत् चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार(प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका कारण ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । फिल्मले उठान ...
कुवेर तामाङ्गको निर्देशनमा गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फूल जस्ती’को भिडियो सार्वजनिक(भिडियो)

कुवेर तामाङ्गको निर्देशनमा गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फूल जस्ती’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली गीत–संगीत क्षेत्र संगै संचार क्षेत्रमा समेत क्रियाशिल गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको समेत अभिनय रहेको गीतको भिडियोमा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ। सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका छन्। https://www.youtube.com/watch?v=-XUqBRAxgOU&feature=youtu.be&fbclid=IwAR3GlAso4fY974wRrQ2Hoi1QWC1gmQeue_5XrfE8jbldCptisiz4MauGkLQ राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन । गीतको संगीत ...
सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा गायक आचार्य दाजुभाईकै संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । https://youtu.be/xf7khXFaaEo होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आ...
नेपाली अभिनेत्री नितु कोईराला ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा सम्मानित

नेपाली अभिनेत्री नितु कोईराला ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्समा सम्मानित

मनोरन्जन, समाचार
भारतको मुम्बईमा मंगलबार राति एक अवार्ड वितरण समारोहमा नेपाली अभिनेत्री तथा मोडल नितु कोईराला सम्मानित भएकी छिन । कोरोना महामारीको जोखिमबाट बच्दै तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्दै ‘दादासाहेब फाल्के आइकन अवार्ड फिल्म्स २०२०’ सम्पन्न भएको हो ।बलिउडसहित सानो पर्दामा अभिनय गर्ने लोकप्रिय अनुहारहरु पुरस्कृत भएको उक्त समारोहमाभारतका थुप्रै लोकप्रिय कलाकारहरुको सहभागि बीच आफूलाई नेपाली कलाकारको रुपमा स्टेजमा बोलाएर गरिएको सम्मानलाई नेपालकै सम्मानको रुपमा ग्रहण गरेको सम्मानित कोईरालाले खुशी हुदै बताईन । भारतका विभिन्न ठूला कार्यक्रमहरु पटक पटक सम्मानित भैसकेकी अभिनेत्री कोईरालाले यस सम्मानले नेपाल र भारत सांस्कृतिक आदान प्रदानमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन । हरेक वर्ष वितरण गरिँदै आएको उक्त अवार्डबाट यो वर्ष भारतीय टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका लोकप्रिय कार्यक्रमका कलाका...
संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको किर्तिमानी

संसारकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको किर्तिमानी

मनोरन्जन, समाचार
नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक  भिडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले। नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्...
दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)

दिप्ता थापाको स्वरमा ‘यो जिन्दगी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी…’ सार्वजनिक भएको छ । म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘दुबसु’ले एक समारोहबीच सार्वजनिक गर्नुभएको हो । https://youtu.be/ANBQ7fVCR6k शिखर सन्तोषको सङ्गीत रहेको गीतमा सन्जित देउजाको शब्द छ । गीतको भिडियो पनि गायिका दिप्ता नै देखिनुभएको छ । जसको कोरियोग्राफी उहाँकै आमा सुनिता गौतमले गर्नुभएको छ । भिडियोमा छायाँकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको छ । गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत सङ्गीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफूमा रहेको गायिका दिप्ताले बताउनुभयो । ...
डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले  लिए सन्यास

डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले लिए सन्यास

मनोरन्जन, समाचार
डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले सन्यास लिएका छन् । करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् । डब्लुडब्लुईको अन्तिम खेलमा उनले सर्भाइभल सिरिज खेलेका छन् । डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् । अन्डरटेकरले सन्यास लिएको घोषणा गर्दैगर्दा म्याकमहान केही भावुक समेत भएका थिए । सन्यासको घोषणा गर्दै म्याकमहानले भने, ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ।’ अन्डरटेकरको बिदाइका लागि रिङ पनि सजाइएको थियो । अन्डरटेकर रिङमा गएर ‘रेस्लिङ करियरमा आफ्नो समय सकियो’मात्रै भनेका थिए । उनले २०१३ मा निधन भएका अर्का रेस्लर पाउन वियरको आत्म शान्तिको कामना पनि गरेका थिए । अन्डरटेकरले सन्यास लिएसँगै धेरै रेस्लरहरूल...
लागूऔषध अभियोगमा गिरफ्तार भारतीय कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडियो

लागूऔषध अभियोगमा गिरफ्तार भारतीय कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडियो

मनोरन्जन, समाचार
एजेन्सी, लागूऔषध अभियोगमा गिरफ्तार भएकी चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ। सोमबार मुम्बईको अदालतले भारती सिंह र हर्ष लिम्बाचियालाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्। लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो। एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्। यी दुवैलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राखिने बताइएको थियो। यद्यपी दुवैले जमानत पाएका हुन्। सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड उद्योगमा लागूपदार्थ सेवनको रहस्य खुल्दै गइरहेको छ। एजेन्सी ...