एजेन्सी, लागूऔषध अभियोगमा गिरफ्तार भएकी चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ।

सोमबार मुम्बईको अदालतले भारती सिंह र हर्ष लिम्बाचियालाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्।

लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो। एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्।

यी दुवैलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राखिने बताइएको थियो। यद्यपी दुवैले जमानत पाएका हुन्।

सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड उद्योगमा लागूपदार्थ सेवनको रहस्य खुल्दै गइरहेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here