आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको यूट्युबमार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/5nrffiOb584 उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् । ...
‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न

‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल २०२०’ को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
बुटवल— मंसिर २३, २०७७। पि प्रोडक्सन नेपालले सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को उपाधि सन्ध्या श्रेष्ठ, बरुण भुषाल र रोशिनी खप्तरीले जित्न सफल भएका छन्। बुटवलको दरवार लनमा सम्पन्न भएको ग्राण्ड फिनालेमा सन्ध्याले ‘मिस वर्ल्ड वाईड नेपाल ईन्टरनेसनल, २०२०’ को ताज पहिरिदा बरुणले बरुणले ‘मिस्टर वर्ल्ड वाईड नेपाल, २०२०’को उपाधी हात पारे भने ‘मिस वर्ल्ड वाईड नेपाल, २०२०’ को ताज पहिरिन। त्यसैगरी ‘मिस वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी सपना क्षेत्री, ‘मिस्टर वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी निखिल योगी, ‘मिस वर्ल्ड वाईड नेपाल प्री-टिन, २०२०’ तर्फको उपाधी आयु्षा कालिराज र ‘मिस वर्ल्ड वाईड नेपाल लिटिल, २०२०’ तर्फको उपाधी आयु्षा पौडेलले हात पार्न सफल भएका छन। प्रशान्त शाहको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत ...
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

मनोरन्जन, समाचार
युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन स...
नायिका स्वेता खड्काको आज  धनगढीका विजयेन्द्र सिंह रावतसँग काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह

नायिका स्वेता खड्काको आज धनगढीका विजयेन्द्र सिंह रावतसँग काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह

मनोरन्जन, समाचार
नायिका स्वेता खड्काले आज विवाह गरेकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह गरेकी हुन् । दुबै परिवार निकटका सदस्यको उपस्थितीमा विवाह गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् । नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । विवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।  ...
चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिए

चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिए

मनोरन्जन, समाचार
चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चा...
‘सुपर प्लस साइज मोडल नेपालको ’ तेश्रो संस्करण आयोजना हुँदै

‘सुपर प्लस साइज मोडल नेपालको ’ तेश्रो संस्करण आयोजना हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ, मंसिर २२- धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह रा...
गायिका योजना तथा गायक राजाको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

गायिका योजना तथा गायक राजाको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । https://youtu.be/LYFVBudXHbM म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो । ...
गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक  (भिडियो )

गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )

मनोरन्जन, समाचार
गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो । त्यस ठाँउमा बिजुली नभएको र बस्नका लागि होटेल रेष्टुरेण्ट पनि नभएको तर पनि जे जसो दु:ख गरी त्यस ठाँउलाई पर्यटकिय हिसाबले नेपालको ठाँउ भनेर चिनाउन खोजेको टिमको भनाई छ । https://youtu.be/lW2c1Kxg748 भिडियो धेरै दु:ख गरेर बनाएको र केही नयाँ होस र नेपालको यस्तो दुर्लभ अनी रमणीय ठाँउहरुको पहिचान होस् भन्ने उद्देश्यले आफुहरुले गरेको काममा सन्तुष्ट रहेको भिडियो कि मोडेल तथा निर्देशक यमुनाले बताईन । साथै आफुलाई यस् कामका लागि साथ सहयो...
नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह गर्ने

नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह गर्ने

मनोरन्जन, समाचार
नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् । ‘जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ अनि म त्यो मान्छेसंग विवाहको बारेमा सोच्छु ।’ श्वेताले केही समय अगाडी भनेकी थिइन् । श्वेता विजयन्द्रको विवाहको कार्ड सार्वजनिक भैसकेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह हुने भएको छ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो । राजधानीमा खबर छ । ...
डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास…’ सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको बिशिस्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । https://youtu.be/DRcnNysrO...