शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

खेलकुद

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब नेपालको प्रतिनिधित्व गर्दै समावेश हुने

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लब नेपालको प्रतिनिधित्व गर्दै समावेश हुने

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो । मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो । एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महिना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो । एएफसीले निकालेको ड्र अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा...
इंग्लिस प्रिमियर लिग फुटबलमा एन्डरसनको दुई गोलमा वेस्ट ह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा एन्डरसनको दुई गोलमा वेस्ट ह्याम विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनमाथि जीत निकालेको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ गोल अन्तरले विजयी भयो । वेष्ट ह्यामको लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे । साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काए । गएरातिको जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ भने ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा रहेका छन।...
बिग बासमा सन्दीपको लगातार उत्कृष्ट बलिङ, सर्वाधिक विकेट लिने सूचीमा

बिग बासमा सन्दीपको लगातार उत्कृष्ट बलिङ, सर्वाधिक विकेट लिने सूचीमा

खेलकुद, समाचार
काठमाडौं, पुस- १३ । नेपाली राष्ट्रिय टोलिका लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा जारी विश्वचर्चित बिग बास टी–२० क्रिकेट लिगमा चम्किरहेका छन् । मेलबर्न स्टारसँग आबद्ध रहेका लामिछाने बिग बासमा तीन खेलसम्म विकेटविहीन हुनुपरेको छैन । लामिछानेले बिहीबार भएको सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिन सफल भए । लगातार ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछाने स्थानीय मिडियामा पहिलो प्राथमिकताका साथ छाएका छन् । ३ खेल खेल्दा ७ विकेट लिन सफल इन्डियन प्रिमियर लिग आईपिएलपश्चात अस्ट्रेलियन बिग बास लिग खेल्ने सन्दीपको ठूलो सपना रहेको थियो । बिग बासमा आफूलाई प्रमाणित गर्नुपर्ने धारणा उनी राख्थे गर्दथे । अस्ट्रेलिया जानुअघि पनि लामिछानेले सपना पूरा गर्न जान लागेको जनाएका थिए । वास्तवमा लामिछानेले बिग बासमा खेल्ने सपना पूरा मात्र गरेनन्, आफ्नो टिमको प्रत्येक खेलमा विकेट लिँदै सर्वाधिक विकेट लिने ब...
श्रीलंकाविरुद्ध ट्रेन्ट बोल्टको उत्कृष्ट प्रदर्शन, जारी टेस्ट म्याचमा १५ बलमा ४ रन खर्चिंदै ६ विकेट

श्रीलंकाविरुद्ध ट्रेन्ट बोल्टको उत्कृष्ट प्रदर्शन, जारी टेस्ट म्याचमा १५ बलमा ४ रन खर्चिंदै ६ विकेट

खेलकुद, समाचार
क्राइस्टचर्च, पुस- १२ । श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले घरेलु मैदानमा शानदार प्रदर्शन गरेका छन् । कुल १५ ओभर बलिङ गर्दा बोल्टले ३० रन खर्चिएर ६ विकेट लिए । तर, रमाईलो पक्ष के रह्यो भने उनले सबै विकेट १५ बलको अन्तरालमा हात पारेका हुन । बोल्टले ६ विकेट हात पार्दा १५ बलमा केवल चार रनमात्र दिएका थिए । बोल्टले आफ्नो बलिङका क्रममा एउटा ओभरमा यति उत्कृष्ट प्रदर्शन गरे कि, सो ओभरमा कुनै रन नदिइ तीन विकेट लिन सफल भएका थिए । बोल्टले श्रीलंकाका रोशन सिल्भा, निरोशन डिकभेला, दिरुवान परेरा, सुरंगा लकमल, दुश्मन्ता चमिरा र लाहिरु कुमारालाई पवेलियन फर्काएका थिए । उनले श्रीलंकाको ब्याटिङ क्रमका पुछारका ६ विकेट आफ्नो नाममा लेखाएका हुन् । उनले लिएका विकेटमध्ये ४ वटा ‘एलबीडबल्यु’ थिए भने दुई विकेट टिम साउथीको हातबाट ‘क्याच’ थमाएर हासिल गरेका ...
इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘बक्सीङ डे’को खेलमा लेस्टर सिटीको जीत, म्यान्चेस्टर सिटीको लगातार दोस्रो हार

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘बक्सीङ डे’को खेलमा लेस्टर सिटीको जीत, म्यान्चेस्टर सिटीको लगातार दोस्रो हार

खेलकुद, समाचार
काठमाडौं, पुस- १२ । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले लगातार दोस्रो हार व्यहोरेको छ । क्रिष्टमसको भोलिपल्ट ‘बक्सीङ डे’ मा भएको खेलमा म्यान्चेस्टर सिटीलाई लेस्टर सिटीले २-१ गोल अन्तरले पाखा लगायो । खेलमा लेस्टर्को जितमा मार्क अल्ब्राइटन र रिकार्डो परेराले एक एक गोल गरे । लेस्टर सिटीले अघिल्लो हप्ता चेल्सीलाई हराएको थियो । म्यान्चेस्टर सिटीका बर्नार्डो सिल्भाले पहिलो गोल गरेका थिए । गएराती भएका अन्य खेलहरुमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाइटेड आ-आफ्नो खेलमा विजयी भए । चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकाल्दा शीर्ष स्थानको लिभरपुलले न्युकासल युनाइटेडलाई ४–० ले हरायो । त्यस्तै म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्ड टाउनलाई ३–१ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि ५–० को फराकिलो जित निकाल्यो । आर्सनलले ब्राईटनसँग १–१ गोलको बराबरी खेल्दा एभर्टनले...
‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाइज पराजित

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाइज पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस- ११ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारदेखि सुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले पराजित गरेको छ । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले थप एक/एक गोल गरे । पहिलो हाल्फमा गोलरहित वरावर भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो । खेलको ४६औं मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाउदा ५४औं मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो । त्यस्तै, खेलको ६१औं र ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल गरे । ब्रिगेड ब्वाइजका...
‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट सुरु हुदै

‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट सुरु हुदै

खेलकुद, समाचार
काठमाडौं, पुस- ११ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । एघारौं चरणका खेल हुने क्रममा आज ३ खेल हुदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुदैछन् । सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दैछन । उता, हलचोक मैदानमा भने न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दैछन । जारी लिगमा भोली शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल जितेको खण्डमा मनाङले दुई खेल खेल्नुअघि नै उपाधि पक्का गर्नेछ । गर या मर को अवस्थामा रहेको संकटालाई उपाधि दावेदारी जिवितै राख्न मनाङलाई हराउनै पर्ने बाध्यता छ । लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संक...
धनगढीमामा हुने डीपीएल क्रिकेटको तेस्रो सिजन सर्ने

धनगढीमामा हुने डीपीएल क्रिकेटको तेस्रो सिजन सर्ने

खेलकुद, समाचार
काठमाडौं, पुस- १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले गर्दा तेस्रो सिजनको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने जनाएको छ । आगामी माघ १९ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो । अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने जनाईएको हो । युएई विरुद्धको एक दिवसीय शृङ्खला खेल्न नेपाली टिम जनवरीको अन्तिम साता युएईतर्फ जाँदै छ । त्यही समय बीचमा डीपीएल पनि पर्ने भएकाले प्रतियोगिताको मिति एक साता पछि सार्ने तयारी गरेको आयोजकले जनाएको छ । डीपीएलको तेश्रो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि समावेश हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।...
आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा सोमपाल यथास्थानमा, बसन्तको भने सुधार

खेलकुद, समाचार
काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महिना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् । ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथोमा वेष्ट इण्डिजका इभान लेविसे छन् भने पाकिस्तानका ...
एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, १८ खेल सकिदा तेस्रो स्थानमा

खेलकुद, समाचार
काठमाडौं, पुस- ९ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो गोल अन्तर्ले हराएको छ । फराकिलो गोल अन्तरमा हराउने क्रममा टोटनह्याम ६–२ ले विजयी भएको हो । एभर्टनलाई उसैको घरेलु मैदानमा हराउदा टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गरे भने क्रिश्चियन एरिक्सन र डेले अलीले थप एक–एक गोल गरे । जितपछि टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई कम गर्दै २ अंकमा झारेको छ । लिगमा १८ खेलबाट टोटनह्यामको ४२ अंक छ भने म्यान्चेष्टर सिटीको ४४ अंक रहेको छ त्यस्तै ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा यथावत छ । हिजो रातिको जितपछि टोटनह्याम चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि अगाडि छ ।...