शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आर्थिक

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति

आर्थिक, समाचार
इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् । यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् । नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर म...
राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

राजेन्द्र प्रसाद सापकोटाको टिमबाट सनम शेर्पाद्वारा द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा

आर्थिक, समाचार
ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि सनम शेर्पाले द्धितिय उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनले आफ्नो नाम घोषणा गरेका हुन । पर्यटन व्यवसायी एवम् लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका ट्रेकिङ व्यवसायी सनम शेर्पाले पनि टानको उपाध्यक्षको दाबी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पर्यटन क्षेत्रमा परिचित नाम हो सनम शेर्पा । नेपालको ट्रेकिङ व्यवसायमा लामो समयदेखि काम गर्दै आएका खुम्बु क्षेत्रकायाङ्कु साम्बाला अपार्टमेन्ट एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यसबाहेक उनले समाजिक काममा सहयोग गर्दै आएका छन्। उनी शेर्पा पर्यटन व्यवसायी संघका समेत उपाध्यक्ष समेत हुन्। उनले टान बोर्ड सदस्यमा सन् २०१९ देखि सन् २०२२ सम्म काम गरेका छन्। शेर्पा समूदायको विभिन्न संघ संस्थामा आवद्ध छन् सनम हरेक क्षेत्रक...
टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

टानका व्यवसायीहरु एक जुट, सागर पाण्डेलाई गरे समर्थन

आर्थिक, समाचार
काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यट...
टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

आर्थिक, समाचार
आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् । पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार ग...
सुनितालाई उत्कृष्ट व्यूटिसियनको अवार्ड

सुनितालाई उत्कृष्ट व्यूटिसियनको अवार्ड

आर्थिक, समाचार
काठमाडौं । भारतको प्रतिष्ठित संस्था लिडिभाईनले पांचौ संस्करण सम्म भारतको दिल्लीमा आयोजना गर्दै आएको इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ यस पटक काठमाडौंको होटल र्याडिसनमा सम्पन्न छैठौं संस्करणको उक्त अवार्ड समारोहमा ‘उत्कृष्ट व्यूटिसियन’को अवार्ड सुनिता पहाङ्गो लिम्बुले हात पार्न सफल भएकी छिन । गत साता भव्य रुपमा सम्पन्न ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ कार्यक्रममा उनलाई सो अवार्ड भारतिय प्रख्यात अभिनेत्री एवं पूर्व सांसद जय प्रदा सहित वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा,वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ अभिनेत्रीत्रय,बसुन्धरा भुषाल,चैत्यदेवी तथा भुवन चन्दको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो । डेढ दशकभन्दा लामो समयदेखि सौन्दर्यकला क्षेत्रमा आवद्ध रहि निरन्तररुपमा सो पेशालाई मर्यादित बनाई उत्कृष्ट योगदान दिए वापत उनलाई यो वर्षको उत्कृष्ट व्यूटिस...
व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

व्यवसायसँगै समाजसेवामा महेश बुढाथोकी

आर्थिक, समाचार
जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई मिहिनेत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै मध्येका एक उदाहरण हुनुहुन्छ महेश बुढाथोकी । उहाँले व्यवसायसँगै समाजसेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । त्रिवेणी गाउँपालिका-२ काँरागिठी सल्यानका महेश पेशाले मेडिकल व्यवसायी हुनुहुन्छ । मेडिकल व्यवसाय मानिसको स्वाथ्यसँग जोडिएको व्यवसाय हो । मानिसको जीवन रक्षा गर्नु पनि आफैंमा पुण्यको काम हो । यही पेशमा विगत ११ वर्षदेखि आफूलाई संलग्न गराउँदै आउनुभएका महेशको अर्को परिचय भनेको समाजसेवा हो । शिक्षा, स्वास्थ्य र बालबालिकाका अधिकारको क्षेत्रमा आफूले सक्दो योगदान पुर्‍याउँदै आउनुभएका महेश सामाजिक कार्य हरेक मानिसको कर्तव्य ठान्नुहुन्छ । असहाय वा कुनै पनि किसिमले आर्थिक कमजोर भएका लागि उहाँको सद्भाव र योगदान रहने गर्दछ । हरेक मानिसले आफ्नो जीवनमा खुशी ...
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

आर्थिक, समाचार
थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण स्थगित गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो । थाई एयरवेजका डिरेक्टर अफ ...
व्यापारमा सिण्डिकेट तोड्न पहल गर्दा संघबाट निकालियो– सुन चाँदी व्यवसायी गुप्ता

व्यापारमा सिण्डिकेट तोड्न पहल गर्दा संघबाट निकालियो– सुन चाँदी व्यवसायी गुप्ता

आर्थिक, समाचार
सुन चाँदी व्यवसायी नरेन्द्रकुमार गुप्ताले आफूले राष्ट्र बैंकको सुन खरिदको अहिलेको प्रावधानअनुसार सुन खरिद गर्दा सिण्डिकेट कायम भएको र अवैध सुनको कारोबार भएको विषय उठाउँदा सुनचाँदी व्यवसायी संघबाट निकालिएको गुनासो गरेका छन् । उनले त्यसका विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएको समेत बताएका छन् । उपाध्यक्षसमते रहेका गुप्तालाई संघको विधि विधान विपरीत जथाभावी बोलेको भन्दै नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सुन खरिद गर्न राष्ट्र बैंकले तीनवटा संघको सदस्य हुनै पर्ने कानुनी व्यवस्था बनाएको छ । त्यसका विरुद्ध पनि सर्बोच्च अदालतमा आफूले रिट दायर गरेको गुप्ताले बताएका छन् । गुप्ताले स्वतन्त्र रुपमा सुन व्यवसायीले सुन खरिद गर्न पाउनुपर्ने माग राखेर विभिन्न सञ्चारमाध्यमबाट आफ्ना कुराहरु राखेको भन्दै संघले साधारण सदस्यसमेत नरहने गरी हटाइदिएको छ । यदी उन...
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट

फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट

आर्थिक, समाचार
पोखराको फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ । ताल किनारका जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा किनारका २२ जना जग्गाधनीहरूको उपस्थिति छ ।  सर्वोच्चले यसअघि २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको छ । उक्त आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् ।  सर्वोच्चले २०७५ मा पनि तालको मापदण्ड ६५ मिटर भनेको थियो । त्यसपछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय ग¥यो । उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट पर्‍यो । उक्त रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै भनेको छ । किनारका बासिन्दा सबै ठाउँमा एउटै मापदण्ड लगाउन अनुपयुक्त हुने जिकिर गर्छन् । ‘रत्न मन्दिर र हिमागृहबिचको भागमा रहेको, प्रत्यर्थीले हामी निवेदकहरूको घ...
उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ विषयक अन्तरक्रिया गर्ने

उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ विषयक अन्तरक्रिया गर्ने

आर्थिक, समाचार
काठमाडौं । उद्यमशील कांग्रेसले ‘उद्यशीलता,उद्यमी र बजेट’ शिर्षकमा नयां बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । देशको अर्थतन्त्र सुस्त रहेको र युवा उद्यमीहरुको मनोवल घट्दो रहेका वेला सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहदा युवा उद्यमीहरुले उद्यमशीलता,उद्यमी र बजेटका विषयमा उद्यमशीलता प्रवद्र्धनमा बजेटले लिनुपर्ने महत्वपूर्ण विषयमाथी युवा उद्यमीहरवीच गहन छलफल आवश्यकता भएकाले यस अन्तरक्रियाको आयोजना गरिन लागेको संस्थाका अध्यक्ष अस्मिन सिटौलाले जानकारी दिए । आगामी जेठ ५ गते ईन्द्रेणी व्यांकेट,नयांबानेश्वरमा दिउसो २ बजे शुरु हुने अन्तरक्रियाका लागि आयोजना गरिन लागेको कार्यक्रमका लागि वक्ताहरुमा पूर्व अर्थमन्त्री डा.मिनेन्द्र रिजाल,शिक्षाविद् निरज खनाल,युवा उद्यमी निकिता आचार्य लगायत रहेका छन । युवा उद्यमी मोहन गजुरेलले प्रस्तोताको भूमिका निर्वाह गर्दैछन । ...