शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा विशेष छुट घोषणा

राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा विशेष छुट घोषणा

आर्थिक, समाचार
काठमाडौं ।  नव वर्ष २०८० को अवसर पारेर बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । ७ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नव वर्षको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको हो । विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेकअप आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहक...
महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला

महिला चेम्बर अफ कमर्श कास्कीको अध्यक्षमा सिमा कोईराला

आर्थिक, समाचार
महिला चेम्बर अफ कमर्श कास्कीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशकी आर्थिक मामिला मन्त्री माननिय सीता कुमारी सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइरालालाई सर्वसम्मत चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् । विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी नवनिर्वाचित अध्यक्ष सिमा कोईरालाले आफुले पाएको जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरेकी छिन् । ...
होटल कुकीङ्गका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

होटल कुकीङ्गका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

आर्थिक, समाचार
काठमाडौं । राजधानीको एक कार्यक्रममा व्यबसायिक तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बौद्धको टुसालमा रहेको ग्रीनल्याण्ड होटल टे«निङ्ग सेन्टर तथा एसोसियट नेपाल सिनर्जीको संयुक्त आयोजनामा नेपाल सरकारको प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटीभिटी)को नेपाल सरकार इभेन्ट परियोजना दोश्रो अन्र्तगतको कन्टिनेन्टल कुकीङ्ग लेभल १ को करिव ६० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो । बौद्ध स्थित होटल यांग्रीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी तथा कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेल, ग्रीनल्याण्ड होटल टे«निङ्गका तालिम निर्देशक गोपाल तिमल्सिना,एसोसियट नेपाल सिनर्जीका प्रमुख दिपक राज भाट तथा ग्रीनल्याण्ड होटल टे«निङ्गकी प्रबन्ध निर्देशक निता केसी तथा प्रशिक्षक लोकमान तामाङ्गले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । स...
रहेनन् कफि बाजेको नामबाट परिचित बद्री चौरेल

रहेनन् कफि बाजेको नामबाट परिचित बद्री चौरेल

आर्थिक, समाचार
ललितपुर । कफि बाजेको नामबाट परिचित बद्रि प्रसाद चौरेलको निधन भएको छ । गत फागुन १५ गते सोमबारका दिन ललितपुरको महाँकाल स्थित ठुलादुलुङ्ग भन्ने ठाउँमा ७० वर्षीय चौरेलको निधन भएको हो ।नेपालमा कफि खेतिलाई व्यवसायीकरण गर्दै देशको आर्थिक उन्नतिमा टेवा पुर्‍याउन सक्नु पर्छ भन्ने मान्यता राख्ने चौरेलले सुदुर दक्षिण ललितपुरको ठुलादुर्लुङमा समेत कफी खेती भित्र्याएका थिए । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन उनको महत्त्वपूर्ण भूमिका रह्यो । यसैको परिणाम स्वरुप उनी सबैतिर कफी बाजेको नामबाट परिचीत भए ।नेपालमा नै कफि उत्पादन गरि बेरोजगारी केही हिस्सा घटाउन र देशको समग्र अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ भन्ने मान्यता चौरेलको थियो । त्यसैले उनी आफ्नो नजिकका आफन्तजन तथा चिनजानका मानिसहरुलाई कफि खेती गर्न उत्प्रेरित गर्थे । उनी केही समय यता सिलिङ्गे कफि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्षको भू...
महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका:अध्यक्ष श्रेष्ठ,महिला चेम्बर

महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका:अध्यक्ष श्रेष्ठ,महिला चेम्बर

आर्थिक, समाचार
काठमाडौं । नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम माझ विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरुलाई सम्मानित गरियो । सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली , आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहनुभएको छ । त्यसैगरि सांस्कृतिक क...
ईन्टरनेशनल मेकअप आर्टिष्ट पाण्डे उपराष्ट्रपतिबाट  सम्मानित

ईन्टरनेशनल मेकअप आर्टिष्ट पाण्डे उपराष्ट्रपतिबाट सम्मानित

आर्थिक, समाचार
काठमाडौैं । सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो ।ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोवल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२ औं भाग पुगेको अवसरमा एक कार्यक्रम गरि विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित भएका हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्द किशोर पुन, ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानका प्रमुख एवं वरिष्ठ कल...
कान्तिपुर मलको चाडपर्वको अफर: श्यामलाई बाईक,खगेन्द्रलाई स्कुटी

कान्तिपुर मलको चाडपर्वको अफर: श्यामलाई बाईक,खगेन्द्रलाई स्कुटी

आर्थिक, समाचार
काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो। विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको हो । कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए। उपहार विजेता प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक लक्की ड्र नम्बर १२५२७...
कान्तिपुर मलको चाडपर्व विशेष उपहार ग्राहकको उपस्थितिमा मङ्सिर १ गते घोषणा हुने

कान्तिपुर मलको चाडपर्व विशेष उपहार ग्राहकको उपस्थितिमा मङ्सिर १ गते घोषणा हुने

आर्थिक, समाचार
काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो। विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। कार्तिक महिनाको अन्तिम स...
वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

आर्थिक, समाचार, समाज
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्माति गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिट...
‘लगानीमैत्री वातावरणबाट आर्थिक समृद्धि आजको आवश्यकता’ -दुर्गा विक्रम थापा

‘लगानीमैत्री वातावरणबाट आर्थिक समृद्धि आजको आवश्यकता’ -दुर्गा विक्रम थापा

आर्थिक, समाचार
काठमाडौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्र्तरक्रियामा व्यस्त छन । राष्ट्रिय स्वतन्त्र पार्टि काठमाडौ क्षेत्र नं ३ का प्रतिनिध सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पधातिकारीहरु विच बुधबार शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापालाइ संघका पधाधिकारीहरुले आगामि हुने प्रतिनिध सभा सदस्य निर्वाचनमा साथ सहयोग गर्ने प्रतिबधता समेत व्यक्त गरे । शुभकामना तथा भेटघाट कार्यक्रमलाइ सम्बोधन गदै दुर्गा विक्रम थापाले निर्यातमुखि उत्पादनमा जोड दिएका छन । देशमा उत्पादन भएका उत्पादकत्वलाइ विदेशमा निर्यात गरी आर्थिक समृदि तर्फ लाग्न पर्नेमा जोड दिएका छन । उनले देशमा हुने गरेका विकाश निर्माण का...