काठमाडौं । नव वर्ष २०८० को अवसर पारेर बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । ७ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नव वर्षको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको हो । विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेकअप आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहकहरुको समेत सेवा गर्दै आईरहेको छ ।
एसईई परिक्षा दिएर फुर्सदको समयमा बसेका विद्यार्थीहरुलाई स्पेशल छुट सहित छोटो समयको महत्वपूर्ण प्रभावकारी कोर्षहरुको लागी समेत धमाधम भर्ना लिएको स्टुडियोका अध्यक्ष टेक राज पाण्डेले जानकारी दिए । प्रशिक्षार्थीहरुलाई नयां नयां टिप्स दिनुका साथै विशेष गरि ईभेन्टको माध्यमबाट प्राक्टिकल तालीमलाई बढी प्राथमिकता दिदै आएको छ । हाल बेसीक लेभल, एडभान्स लेभल ,स्पेशल एडभान्स, मास्टर कोर्ष, डिप्लोमा मेक अप आर्टिष्ट कोर्ष, फिल्म मेक अप आर्टिष्ट कोर्ष लगायत बहु उपयोगी कोर्षहरु संचालन गर्दै आईरहेको राज मेक अप स्टुडियोले ग्राहक सेवामा समेत उत्कृष्ट सेवा दिदै आएको राज मेक स्टुडियोका म्यानेजर गिता उप्रेती जानकारी दिईन ।