काठमाडौं । राजधानीको एक कार्यक्रममा व्यबसायिक तालिम पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बौद्धको टुसालमा रहेको ग्रीनल्याण्ड होटल टे«निङ्ग सेन्टर तथा एसोसियट नेपाल सिनर्जीको संयुक्त आयोजनामा नेपाल सरकारको प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटीभिटी)को नेपाल सरकार इभेन्ट परियोजना दोश्रो अन्र्तगतको कन्टिनेन्टल कुकीङ्ग लेभल १ को करिव ६० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

बौद्ध स्थित होटल यांग्रीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी तथा कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष राज लुईटेल, ग्रीनल्याण्ड होटल टे«निङ्गका तालिम निर्देशक गोपाल तिमल्सिना,एसोसियट नेपाल सिनर्जीका प्रमुख दिपक राज भाट तथा ग्रीनल्याण्ड होटल टे«निङ्गकी प्रबन्ध निर्देशक निता केसी तथा प्रशिक्षक लोकमान तामाङ्गले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुङ्गेलले संचालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी संचारकर्मी लुुईटेल तथा सभापति निता केसीले गमलामा पानी हालेर समुद्घाटन गर्नु भएको थियो । करिब ३ महिना लामो प्रशिक्षणमा कूक तालिमका लागि परिचित प्रशिक्षक गोपाल तिमल्सिनाले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

विगत १३ वर्षदेखि हालसम्म करिव ३००० भन्दा वढि दक्ष जनशक्ति उत्पादन गरि व्यबसायिक रुपमा सक्रिय गराई आय आर्जनका लागि उत्कृष्ट योगदान दिदै आएको सिटीभिटीबाट मान्यता प्राप्त ग्रीनल्याण होटल टे«निङ्ग सेन्टरबाट ३ महिने १ महिने छोटो कोर्सका कुकीङ्ग, बेकिङ्ग, वेटर, वेट्रस ,सुसी लगायत होटलसंग सम्बन्धित सम्पूर्ण तालिम प्रदान गराउदै आएको जानकारी सेन्टरकी प्रबन्ध निर्देशक केसीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here