काठमाडौैं । सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो ।
ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोवल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’को ५२ औं भाग पुगेको अवसरमा एक कार्यक्रम गरि विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित भएका हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्द किशोर पुन, ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानका प्रमुख एवं वरिष्ठ कलाकार उत्तम केसी, ग्लोवल टिभीका प्रमुख प्रभुराम श्रेष्ठ तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पाण्डेलाई सम्मान प्रदान गरेका थिए । सोही कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल, अभिनेत्री भुवन चन्द,अभिनेत्री चैत्य देवी लगायत टेलिचलचित्रमा आवद्ध कलाकार,प्राविधिकलाई सम्मान प्रदान गरिएको थियो ।