आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

अन्तराष्ट्रिय
मंसिर ४ काठमाडौं । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ।साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ। ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्- जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई।चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन्।चियाङको अनुसन्धानले चीनको पहिलो भू-उपग्रह अन्तरिक्षमा पठाउने रकेट विकास गर्न र आणविक हतियारको रूपमा क्षेप्यास्त्र बनाउन सहयोग गर्‍यो।अनि उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए।तर अर्को महाशक्ति, जहाँ उनले अध्ययन र एक दशकभन्दा बढी काम गरे, त्यहाँ उनको महत्त्वपूर्ण योगदानलाई बिरलै याद गरिन्छजन्म र अध्ययनसन् १९११ मा जन्मिएका हुन् चियाङ। त्यसबेला चीनमा अन्तिम राजवंशलाई समाप्त पार्दै गणतन्त्र स्थापना हुन लागेको थियो। उनका बाबुआमा नै शिक्षित थिए र उनका प...
जर्मनीमा कोरोना संक्रमितको संख्या ८ लाखभन्दा बढी

जर्मनीमा कोरोना संक्रमितको संख्या ८ लाखभन्दा बढी

अन्तराष्ट्रिय
मंसिर ४ काठमाडौं । जर्मनीमा कोभिड १९का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ।गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ। योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ। यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाकोे ज्यान गएको बताएका छन्।जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ। जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो।त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ। ...
नेपाल–भरत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा

नेपाल–भरत सिमाना खोल्नुपर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरु धर्नामा

अन्तराष्ट्रिय
मंसिर ४ काठमाडौं । सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ। सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र बुधबार ११ बजेदेखि १ बजेसम्म धर्नामा बस...
फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ४ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ ।समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे । जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा पर...
भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो

अन्तराष्ट्रिय
मंसिर ४ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ । ...
ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

ट्रम्पद्वारा निर्वाचन सुरक्षा प्रमुख बर्खास्त

अन्तराष्ट्रिय
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन। उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त गरेका हुन। हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको कुनै ठोस प्रमाण नपाइएको भन्दै राष्ट्रपति ट्रम्पको खुलेर आलोचना गरेकै कारण ट्रम्पले क्रिस्टोफरलाई बर्खास्त गरेका हुन। राष्ट्रपति ट्रम्पले यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा धेरै ठाउँमा धाँधली भएको र आफूलाई पराजित भनिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन। उनले अहिलेसम्म पनि आफू पराजित भएको र आफ्ना प्रतिस्पर्धी जो बाइडेन निर्वाचित भएको घोषणालाई अस्वीकार गर्दै आएका छन्। उनले कतिपय ठाउँमा धाँधली भएको भन्दै उजुरी समेत दिएका छन। ती उजुरीहरुलाई न्यायधीशहरुले खारेज गरिदिएका छन् । ...
विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो । ...
मेक्सिकोमा ट्याँकर बिस्फोट

मेक्सिकोमा ट्याँकर बिस्फोट

अन्तराष्ट्रिय
मंसिर ३ काठमाडौं । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो । ...
ताइवानको एफ–१६ युद्धक विमान उडेको केहीबेरमै बेपत्ता

ताइवानको एफ–१६ युद्धक विमान उडेको केहीबेरमै बेपत्ता

अन्तराष्ट्रिय
एजेन्सी । ताइवानको एफ–१६ युद्धक विमान मंगलबार उडेको केही बेरमै बेपत्ता बनेको छ।राडरको सम्पर्कमा उक्त विमान नभएको बताइएको छ । यहाँको रक्षा मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो। उडेको दुई मिनेटमै विमान वेपत्ता भएको बताइएको छ। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची समावेश थिए। हाल चीनसँग ताइवानको विवाद बढ्दै गइरहेको छ। चीनले ताइवानलाई आक्रमण गरेर कब्जामा लिनसक्ने बताइरहँदा ताइवानले सैन्य शक्तिलाई मजबुत बनाउन सैन्य अभ्यास गरिरहेको छ। ...
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो । ...