आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मेक्सिकोमा ट्याँकर बिस्फोट

मंसिर ३ काठमाडौं । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *