मंसिर ४ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ ।समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे ।

खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।

जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here