आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिएका जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।  स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।   उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।    यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क...
अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अन्तराष्ट्रिय
काबुल । अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका बताइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उहाँका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो । पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उहाँका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो । यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो । प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् । खान प्...
पदभार सम्हालेको साढे २ घण्टामै विहारका शिक्षामन्त्रीले दिए राजीनामा

पदभार सम्हालेको साढे २ घण्टामै विहारका शिक्षामन्त्रीले दिए राजीनामा

अन्तराष्ट्रिय
मंसिर ५ काठमाडौं । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् ।उनले बिहीबार मात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए । मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरेलगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ । मेवालाललाई सन् २०१० मा बिहार कृषि विश्वविद्यालयको कूलपति हुँदा आर्थिक घोटाला लगायतका अन्य आरोप लागेको थियो । एजेन्सी ...
सन् १९९५ मा लिएको राजकुमारी डायनाको अन्तर्वार्ताको बीबीसीले स्वतन्त्र जाँच गर्ने

सन् १९९५ मा लिएको राजकुमारी डायनाको अन्तर्वार्ताको बीबीसीले स्वतन्त्र जाँच गर्ने

अन्तराष्ट्रिय
मंसिर ५ काठमाडौं । करिब २५ वर्ष पहिला सन् १९९५ मा राजकुमारी डायनाले दिएको यस अन्तर्वार्तालाई दुई दशमलव तीन करोड मानिसले हेरेका थिए । यस अन्तर्वार्तामा राजकुमारी डायनाले भनेकी थिइन्, यस विवाहमा तीन जना मानिस सहभागी थिए । बीबीसीले राजकुमारी डायनाको सन् १९९५ मा दिएको एक अन्तर्वार्ताको स्वतन्त्र जाँच गराउने भएको छ र उक्त अन्तर्वाता पछाडीको सत्यता बाहिर ल्याउने निर्णय गरेको छ । डायनाका भाई अर्ल स्पेन्सरले सन् १९९५ मा बीबीसी पत्रकार मार्टिन बशीरले डायनालाई अन्तर्वार्ताको लागि स्वीकार गर्न बैंकको जाली स्टेटमेन्टको प्रयोग गरेको आरोप लगाएका छन् । यस दावाको जाँचको लागि बीबीसीले वेलायतको सबैभन्दा वरिष्ठ न्यायाधीश मध्ये एक लर्ड डायसनलाई अनुसन्धानको प्रमुखको रुपमा नियुक्त गरेको छ । लर्ड डायसन वेलायतको सर्वोच्च अदालतको न्यायाधीश समेत रहेका छन् । बीबीसीका महानिर्देशक टिम डेवी भन्छन्, ’बीबीसी...
जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

अन्तराष्ट्रिय
टोकियो । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन्। अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन्। महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन्। एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन। उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन। ...
जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित

जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार
 कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन्। अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन्। महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन्। एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन। उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन। ...
चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी

चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी

अन्तराष्ट्रिय, समाचार
नेपालमा चिनियाँ प्रभाव बढ्दै गइरहेको बेला उत्तरी छिमेकी देश चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी भएको छ। उच्च स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यी यही नोभेम्बरको अन्तिम हप्ता काठमाडौं आउँन लागेका छन्। चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले उक्त भ्रमणका लागि तयारी गरिरहेको र भ्रमण मिति चाँडै सार्वजनिक हुने बताइएको छ। विदेशमन्त्री यी बेइजिङबाट दक्षिण एसियाली देशको भ्रमणमा निस्किने र त्यहीक्रममा काठमाडौं पनि आउने स्रोतको दाबी छ। पछिल्लो समय सत्ताधारी दल नेकपामा विवाद बढेको छ। उक्त विवाद मिलाउन नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छी सक्रिय छिन्। यहि पृष्ठभूमिमा चिनियाँ विदेशमन्त्रीको भ्रमण तय हुने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ। ...
भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित

भारतमा ९० लाखभन्दा बढी कोरोना संक्रमित

अन्तराष्ट्रिय
मंसिर ५ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।  ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको छ । ...
दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

अन्तराष्ट्रिय
मंसिर ५ काठमाडौं । भारतको राजधानी दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए। उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए। कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ। सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए। ...
अफगानिस्तान र इराकबाट ट्रम्पले अमेरिकी सेना फिर्ता बोलाए

अफगानिस्तान र इराकबाट ट्रम्पले अमेरिकी सेना फिर्ता बोलाए

अन्तराष्ट्रिय
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन। राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ।पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका छन्। अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिएको बताइएको छ। प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको उनले मंगलबार जानकारी दिएको बताइएको छ। केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए। तर पन...