आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

थप ४३ वटा एप्समाथि प्रतिबन्ध लगायो भारत सरकारले

थप ४३ वटा एप्समाथि प्रतिबन्ध लगायो भारत सरकारले

अन्तराष्ट्रिय
भारत सरकारले थप ४३ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ।यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा स्पलायर्स, अलिबाबा वर्क बेन्च आदि छन् । भारत सरकार इलेक्ट्रोनिक्स एन्ड सूचना प्रविधि मन्त्रालयले सेक्सन ६९ ए प्रयोग गरेर ती एप्समा प्रतिबन्ध लगाएको हो । ती एप्सबाट भारतको स्वायत्तता र सुरक्षामा खतरा पुग्न सक्ने भन्दै प्रतिबन्ध लगाइएको मन्त्रालयले बताएको छ । यसअघि गत जुनमा पनि भारतले ५९ वटा चिनियाँ एप्सका प्रतिबन्ध लगाएको थियो। त्यसपछि लगत्तै थप ४७ एप्स प्रतिबन्धमा परेका थिए । फेरि सेप्टेम्बरमा पबजी समेत ११८ वटा चिनियाँ एप्समा प्रतिबन्ध लागेको थियो । ...
नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

अन्तराष्ट्रिय, खेलकुद
नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ। ...
एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल, १२७ अर्ब ९० करोड डलर सम्पती

एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल, १२७ अर्ब ९० करोड डलर सम्पती

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । टेस्लाका को फाउन्डर एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् ।  ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर  भन्दा बढी सम्पती थपिएको छ ।    टेस्लाको मार्केट भ्याले ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मास्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए ।  ...
बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे किभको घरेलु मैदानमा शुरु हुनेछ । किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह जी मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् । किभ भने १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।एजेन्स ...
विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख

अन्तराष्ट्रिय, समाचार
विश्वभर कोरोना भाइरस संक्रमणबाटमृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । त्यस्तै अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहे पनि अरुको अवस्था सामान्य छ । विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ । ...
अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा

अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ । यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् ...
चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान प्रहरी(नारकोटिक्स कन्ट्रोल ब्युरो)को नियन्त्रणमा

चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान प्रहरी(नारकोटिक्स कन्ट्रोल ब्युरो)को नियन्त्रणमा

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली । चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो। एक ड्रग कारोवारीले उनीहरुको नाम लिएपछि एनसीबीले उनीहरुको घरमा छापा मारेको थियो । जसमा उनीहरुको घरबाट नशालु पदार्थ बरामद भएको बताइएको छ। ड्रग्स फेला परेपछि उनीहरुलाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एनसीबीले ड्रग्स प्रकरणमा हाल धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो। भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन्। भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ। भारतीमाथि एनसीबीको अबको कदम के हुन्छ भन्ने हेर्न ब...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्ताले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ४२ वर्षका ट्रम्प जुनियरलाई यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको र त्यसपछि उपचार गरिएको उल्लेख छ । अहिले उनी आफ्नै क्याबिनमा क्वारेन्टिमा रहेको प्रवक्ताले जनाएका छन् । वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ सम्बन्धी सबै स्वास्थ्य नियमहरु पालना गर्नु भएको छ ।’ उनकी प्रेमिका किम्बर्ली गिलफोयल गएको जुलाईमा संक्रमित भएकी थिइन् । त्यो बेला ट्रम्प जुनियर संक्रमित भएका थिएनन् । राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो । यस्तै शुक्रबार ट्रम्पका विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित...
पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन । पिएसजीले २५ र ३७ औँ मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे । ८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् । त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ । दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ । ...
जोर्जियामा दोहोर्याएर गरिएको मतगणनामा जो बाइडेन फेरि पनि विजयी

जोर्जियामा दोहोर्याएर गरिएको मतगणनामा जो बाइडेन फेरि पनि विजयी

अन्तराष्ट्रिय
वासिङ्टन । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना गरिएको हो । बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन् ।बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ, र जोर्जियाको मत पश्चात बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने २३२ मत छ ।अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ ।सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए । तर यस वर्षको...