आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन ।

पिएसजीले २५ र ३७ औँ मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।

८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् ।

त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।

पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ ।

दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *