आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

पछिल्लो २४ घण्टामा चीनमा थपिए २१ जना संक्रमित

पछिल्लो २४ घण्टामा चीनमा थपिए २१ जना संक्रमित

अन्तराष्ट्रिय
गत वर्ष चीनको हुवेई प्रान्तस्थित वुहानमा पहिलो पटक कोरोना भाइरसको उत्पति भएको थियो ।यति बेला कोरोना भाइरस महामारीके रुपमा विश्वभर फैलिएको तर चीनले भने आफ्नो देशमा भाइरसलाई नियन्त्रणमा ल्याएको छ । कोरोना भाइर प्रभावित देशको सूचिमा चीन ६८ औँ स्थानमा छ । तर पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।जहाँ सक्रिय संक्रमितको संख्या ३सय ६ रहेको छ । ...
श्रीलङ्काद्वारा कोरोनाविरुद्धको चिनियाँ खोपबारे छलफल

श्रीलङ्काद्वारा कोरोनाविरुद्धको चिनियाँ खोपबारे छलफल

अन्तराष्ट्रिय
कोलम्बो । श्रीलङ्काले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ । श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीवार संसदलाई यस बारेमा जानकारी दिएका समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् । विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिएका हुुन् । उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा संक्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ । साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए । सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ । खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री ...
बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

अन्तराष्ट्रिय
औगाडौगौ । बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले बिहीवार घोषणा गरेको छ । “काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ,” स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने । राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ । उनीसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् भने अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् । रासस ...
पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण

अन्तराष्ट्रिय, समाचार
 गत वर्ष चीनको हुवेई प्रान्तस्थित वुहानमा पहिलो पटक कोरोना भाइरसको उत्पति भएको थियो । यति बेला कोरोना भाइरस महामारीके रुपमा विश्वभर फैलिएको तर चीनले भने आफ्नो देशमा भाइरसलाई नियन्त्रणमा ल्याएको छ । कोरोना भाइर प्रभावित देशको सूचिमा चीन ६८ औँ स्थानमा छ । तर पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । जहाँ सक्रिय संक्रमितको संख्या ३सय ६ रहेको छ । ...
दक्षिण कोरियामा फेरि उच्च संक्रमण

दक्षिण कोरियामा फेरि उच्च संक्रमण

अन्तराष्ट्रिय, समाचार
कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको दक्षिण कोरियामा फेरि उच्च संक्रमण देखिएको छ । बिहिबार एकैदिन पाँच सय ८३ नयाँ कोरोना संक्रमितहरु फेला परेसँगै जुन मार्च पछिकै सबैभन्दा उच्च दर भएको बताइएको छ । सामाजिक दुरी लगायत विभिन्न कडाइ अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट नराम्ररी प्रभावित भइरहेको छ । सरकारले राजधानी सिओल र आसपासका क्षेत्रमा यसै हप्तादेखि पुनः सामाजिक दुरी सम्बन्धी नयाँ कडाइ लागू गरेको छ । दोस्रो लहरको संक्रमणपछि एक महिना अगाडि मात्र त्यहाँ कोरोना सम्बन्धी बन्देजहरु खुकुलो पारिएको थियो । विज्ञहरुका अनुसार सरकारले नियम खुकुलो पार्नमा धेरै हतार गरेकाले यस्तो भइरहेको छ । मार्चपछि पहिलोपटक त्यहाँ दैनिक पाँच सय बढी संक्रमितहरु थपिरहेका छन् जसमा यसपटक युवाहरुमा बढी संक्रमण फैलिएको बुझिएको छ । एजेन्सी ...
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड,१४ लाखको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पार भएको छ। ती मध्ये १४ लाखको मृत्यु भइसकेको छ। पछिल्ला दिनको कोरोना तीव्र गतिमा फैलिइरहेको छ। सेप्टेम्बरसम्म विश्वभर दैनिक ३ लाखसम्म संक्रमित भेटिने गरेका थिए, तर अहिले दैनिक ६ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन्। अमेरिका, ब्राजील, फ्रान्स तथा रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। त्यसको सबैभन्दा धेरै अमेरिका, युरोप र एशियाली मुलुकमा परेको छ। भारतमा पनि दोस्रो लहरको असर सुरु भएको छ। विगत तीन दिनमा भारतमा निको हुने संक्रमितको संख्या बढेको थियो। तर अहिले फेरि संक्रमितको दर बढ्न थालेको छ।१७ नोभेम्बर २०१९ मा चीनको वुहान शहरमा ५५ वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। १७ नोभेम्बर देखि ३१ नोभेम्बरसम्म तीनमा कन्तिमा पनि ५६६ जना कोरोनाको चपेटामा आएका थिए। २०२० को शुरुवातमा विश्वका कयौं देशमा कोरोना फैलिइसकेको पुष्टि भएको थियो...
विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन

विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन

अन्तराष्ट्रिय, समाचार
 विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन भएको छ । म्यारोडनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो। हृदयघातको कारण उनको घरमै निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। म्याराडोनाको मस्तिष्कमा रगत जमेपछि केही साताअघि शल्यक्रिया गरिएको थियो। मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका लागि ‘महत्वपूर्ण र महान’ खेलाडी थिए। म्यारोडनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। अर्जेन्टिनाका लागि म्यारोडनाले १९७७ देखि १९९४ सम्म खेले। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए। सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहे...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
गएराति भएको युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल इन्टरका अच्राफ हाकिमीले आत्मघाती गरेका थिए । यस खेलमा खेलको ३३औ मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो । रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यो दोस्रो जित हो । ४ खेलमा रियलको ७ अंक भएको छ भने समुह बि मा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्टरको भने ४ खेलमा केवल २ अंक रहेको छ भने इन्टरले एक जित पनि हासिल गर्न सकेको छैन । ...
एप्पलका ग्लोबल सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप

एप्पलका ग्लोबल सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप

अन्तराष्ट्रिय, समाचार
एप्पलका सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप लागेको छ । ग्लोबल सुरक्षा प्रमुख थोमस मोयरले हतियारको लाईसेन्स लिनको लागि करिब ७० हजार अमेरिकी डलर बराबरको आईप्याड घुसको रुपमा दिएको बीबीसीले लेखेको छ । सोमबार क्यालिफोर्नियाको ग्राण्ड जुरीले उक्त आरोप लगाएका हुन्। यस्तै सान्टा क्लारा काउन्टीका दुई पुलिस अधिकारीमासथ उक्त घुष लिएको आरोप लागेको छ। काउन्टी अन्डरशेरिफ रिक सुंग र शेरिफका कप्तान जेम्स जेनसनले लुकाईएको हतियारको लाईसेन्स दिलाउन थोमससँग घुस मागेका थिए । त्यहाँको राज्य कानुन अन्तर्गत बिना लाईसेनस लुकाइएको हतियार बोक्नु अपराध हो। सान्टा क्लारा काउन्टीका अनुसार जबसम्म थोमसले ७० हजार डलर बराबरको आईप्याड शेरिफ कार्यालयलाई दिन तयार भएका थिएनन तबसम्म सुंगले उनको अवैध हतियारको लाईसेन्स रोकेका थिए। ...
बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वका दोस्रा धनी व्यक्ति

बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वका दोस्रा धनी व्यक्ति

अन्तराष्ट्रिय
बिल गेट्सलाई उछिन्दै एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ । गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा मस्क ३५ औं स्थानमा थिए । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् । बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । उनको समग्र सम्पत्ति एक खर्ब २७ अर्ब ७० करोड डलर छ । यद्यपि उनले अहिलेसम्म ५० अर्ब डलर दान गरिसकेका छन् । उनले अधिकांश रकम आफ्...