बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सन् १९९५ मा लिएको राजकुमारी डायनाको अन्तर्वार्ताको बीबीसीले स्वतन्त्र जाँच गर्ने

मंसिर ५ काठमाडौं । करिब २५ वर्ष पहिला सन् १९९५ मा राजकुमारी डायनाले दिएको यस अन्तर्वार्तालाई दुई दशमलव तीन करोड मानिसले हेरेका थिए । यस अन्तर्वार्तामा राजकुमारी डायनाले भनेकी थिइन्, यस विवाहमा तीन जना मानिस सहभागी थिए ।

बीबीसीले राजकुमारी डायनाको सन् १९९५ मा दिएको एक अन्तर्वार्ताको स्वतन्त्र जाँच गराउने भएको छ र उक्त अन्तर्वाता पछाडीको सत्यता बाहिर ल्याउने निर्णय गरेको छ ।

डायनाका भाई अर्ल स्पेन्सरले सन् १९९५ मा बीबीसी पत्रकार मार्टिन बशीरले डायनालाई अन्तर्वार्ताको लागि स्वीकार गर्न बैंकको जाली स्टेटमेन्टको प्रयोग गरेको आरोप लगाएका छन् ।

यस दावाको जाँचको लागि बीबीसीले वेलायतको सबैभन्दा वरिष्ठ न्यायाधीश मध्ये एक लर्ड डायसनलाई अनुसन्धानको प्रमुखको रुपमा नियुक्त गरेको छ । लर्ड डायसन वेलायतको सर्वोच्च अदालतको न्यायाधीश समेत रहेका छन् ।

बीबीसीका महानिर्देशक टिम डेवी भन्छन्, ’बीबीसीले यस घटनाको पछाडीको सत्यता पत्ता लगाउनको लागि प्रतिबद्ध छ । त्यसैले हामीले एक स्वतन् अनुसन्धानको आदेश दिएका छौं लर्ड डायसन एक प्रख्यात र निकै सम्मानित व्यक्ति हुन् जसले यस अनुसन्धानको नेतृत्व गर्दै छन् ।’

बशीरले डायनाको निजी पत्र–व्यवहार खोलिएको र उनको कारको पिछा गरिएको साथै फोन पनि ट्याप गरिएको दावा गरेका थिए । ५७ वर्षका मार्टिन बशीर बीबीसी न्यूजमा धार्मिक मामिलाको सम्पादक छन् ।

यस समयमा उनी मुटुको अप्रेशन र कोरोना संक्रमण जस्तो स्वास्थ्य समस्याको कारण यी आरोपको कुनै प्रतिक्रिया दिने अवस्थामा छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *